जनकपुरधाम : जनकपुरधाम उद्योग वाणिज्य संघले मालवाहक बोगी र रेल संचालनको व्यवस्था मिलाउन नेपाल रेलवेसँग माग गरेको छ।नेपाल रेलवे कम्पनीको जनकपुरधामस्थित कार्यालयका महाप्रबन्धक निरञ्जन झालाई जनकपुरधाम उद्योग वाणिज्य संघले मागपत्र बुझाउँदै यस्तो माग गरेको हो।नेपाल-भारतबीच रेलवे संचालन सम्बन्धमा रहेको संयुक्त मानक संचालन प्रक्रियामा प्यासेन्जर र मालवाहक दुवै खाले रेल संचालन हुने व्यवस्था रहेको अवगत गराउँदै मालवाहक रेल अहिलेसम्म संचालनमा नआएकाले अविलम्ब संचालनको व्यवस्था मिलाउन माग गरेको संघका अध्