काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ः५० मा बैठक सुरु भएको जनाइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमपछि कांग्रेसको आकस्मिक बैठक बोलाइएको हो...