क्रियाशील सदस्यता र मन्त्रीको टुंगोलगाउन कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही समयअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे निकास दिन छलफल भइरहेको केसीले बताए। केसीका अनुसार बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो पनि लगाउनेछ।

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बसेको हो । बैठक आसन्न १४औँ महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । बैठकमा क्रियाशील सदस्यता छानबिन समिति, पार्टी समायोजन समिति र पार्टी केन्द्रीय निर्वाचन समितिका पदाधिकारी पनि सहभागी...

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बसेको हो । बैठकमा नेपाली कांग्रेसको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल जारी रहेको बताइएको छ । सरकारमा सहभागी हुने व्यक्ति, कांग्रेसको क्रियाशील सदस्यता विवादलगायत विषय चर्चामा छ ।