काठमाडौँ- समानुपातिकको बन्दसूचीको त्रुटि सच्याउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानदेखि जारी बैठकमा समानुपातिक सांसदको बन्द सूचीमा भएका त्रुटि सच्याउनबारे छलफल भइरहेको सह-महामन्त्री बद्री पाण्डेले देशसञ्चारसँग बताए। असोज पहिलो साता निर्वाचन आयोगमा संघ र प्रदेश सांसदको बन्दसूचीमा प्राथमिकतामा नपारेको भन्दै कांग्रेसको संस्थापन इतर समूहले विरोध सुरु गरेर पार्टीभित्र विद्रोह […]