श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी श्रमिककलाई समान कामको लागि समान ज्याला दिनुपर्ने जनाएको छ ।अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्वर १८)को पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव केवलप्रसाद भण्डारीले राष्ट्रियताको आधारमा सामान काममा असामान ज्याला दिइने अभ्यास अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताए ।