महिला श्रमिकलाई अल्पकालीन रोजगारी दिँदै पर्यटन बोर्ड

काठमाडौं :  नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रमा कार्यरत महिला श्रमिकलाई अल्पकालीन रोजगारी दिने भएको छ।विश्वभर फैलिएको कोरोना संक्रमणका कारण रोजगारी गुमाएका महिलालाई  कम्तिमा १० दिनको रोजगारी दिने नेपाल पर्यटन बोर्डले जनाएको छ। आगामी मंसिर १-२९ गतेसम्म दिइने रोजगारीका लागि यही कात्तिक ३० सम्म दरखास्त दिने समय तोकिएको छ।सय जनालाई प्रदान गरिने रोजगार कार्यक्रममा श्रमिकले प्रत्येक दिन एक हजार रूपैयाँ ज्याला पाउने बोर्डले जनाएको छ।बोर्डले संयुक्त राष्ट्रसंघीय  विकास का

सम्बन्धित सामग्री

५३ महिलालाई रयाप्टिङको तालिम प्रदान

जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन परियोजना अन्तर्गत ५३ जना महिलालाई रयाफ्टिङको तालिम प्रदान गरिएको छ । विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीका कारण सम्पूर्ण पर्यटन क्षेत्रमा रहेका जनशक्तिलाई जीवनयापनमा नै समस्या भएपछि नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा अल्पकालीन रोजगारी तथा आयआर्जनको अवसरहरु सिर्जना गर्ने गरी जीविकोपार्जन पुनरुत्थानका लागि दीगो पर्यटन […]

पर्यटन क्षेत्रका महिला श्रमिकलाई अल्पकालीन रोजगारीको अवसर

२५ कात्तिक, काठमाडौं । पर्यटन क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई लक्षित गरी अल्पकालीन रोजगारीको अवसर खुलेको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले संयुक्त रुपमा सञ्चालन गरेको जिविकोपार्जन पुनरोत्थानका लागि दीगो पर्यटन परियोजनाले महिला श्रमिकलाई लक्षित गरी रोजगारी सिर्जनाको कार्यक्रम सञ्चालन गर्न लागेको हो । पर्यटकीय क्षेत्रको सरसफाइ, पैदल मार्गमा रहेका पुल–पुलेसाको […]

दुई सय पर्यटन मजदुरलाई आपत्कालीन रोजगारी

दुई सय जना पर्यटन मजदुरलाई आपत्कालीन रोजगारीको अवसर दिइएको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत उक्त सङ्ख्याका श्रमिकलाई रोजगारी दिइएको हो । ट्रेकिङ एजेन्सी एसोसिएसन आफ नेपाल (टान) पश्चिमाञ्चल, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा दुई जना श्रमिकलाई रोजगारी पाएका हुन् ।कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्र पूर्णरुपमा ठप्प बन्दा आर्थिक सङ्कटमा परेका श्रमिकलाई सहयोग गर्ने गरी यो कार्यक्रमको सुरुवात

कोभिड प्रभावित श्रमिकलाई रोजगारी दिने कार्यक्रम सुरू

कोभिड–१९ का बाट अति प्रभावित होटल उद्योगबाट रोजगारी गुमाएका श्रमिकहरुलाई लक्षित गरी ल्याइएको कार्यक्रमको सुरुवात भएको छ ।नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाअन्तर्गत यो कार्यक्रम ल्याइएको हो । यसका लागि होटल संघ नेपाल र नेपाल पर्यटन बोर्डबीच सम्झौता भएअनुसार काठमाडौं महानगरपालिकासँगको समन्वयमा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]

पर्यटन मजदूरलाई ४० दिनको रोजगारी

काठमाडौँ - पर्यटन सम्वद्ध मजदुर श्रमिकले अल्पकालीन रोजगारी पाउने भएका छन् । कोभिड १९ संक्रमणको जोखिमले पर्यटन क्षेत्र बन्द हुँदा कामविहीन भएका होटल पर्यटन क्षेत्रका मजदुर श्रमिकले काम पाउने भएका हुन् । युएनडिपीको सहयोगमा पर्यटन बोर्ड र होटल संघ नेपालले पर्यटकीय स्थलको सरसफाई, रंगरोगन गर्ने काम दिएर श्रमिक मजदुरलाई अल्पकालीन र…

एक हजारलाई अल्पकालीन रोजगारी

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको सहकार्यमा एक हजारजनालाई अल्पकालीन रोजगारी दिइने भएको छ । बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन...

पर्यटन बोर्ड र टानबीच सम्झौता

कोरोनाका कारण ट्रेकिङ क्षेत्रमा रोजगारी गुमाएकाहरुले ४० दिनको रोजगारी प्राप्त गर्ने भएका छन् । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने गरी सम्झौता भएको हो ।बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने गरी ४० दिनको रोजगारी दिने सम्झौता भएको हो । कार्यक्रममा बोर्डका […]

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी दिने तयारी

नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि टानसँग सहकार्य गर्ने भएको हो ।पर्यटन बोर्ड र टानबीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनरुत्थान गर्ने सम्झौता भएको हो । सम्झौताअनुसार करिब एक हजारभन्दा बढी पर्यटन श्रमिकहरूले अल्पकालीन रोजगार प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले कोभ

२४ करोड बढी खर्चेर पाँच हजार मजदुरलाई रोजगारी दिँदै पर्यटन बोर्ड

पर्यटन क्षेत्रका कम्तिमा ५ हजार मजदुरलाई अल्पकालीन रोजगारी सिर्जना गरी राहत पुर्‍याइने बोर्डका कार्यकारी अधिकृत धनन्जय रेग्मीले सेतोपाटीलाई बताए।