श्रमिकलाई कम तलब दिएको भन्दै मलेसियाले ४ सय कम्पनीलाई तिरायो जरिवाना
मानव संशाधनमन्त्री शिवकुमारका अनुसार श्रमिकलाई सरकारले तोकेको भन्दा कम तलब दिने, अवैध ज्याला कटौती गर्ने, धेरै काम लगाउने र राहदानी जफत गरिदिनेजस्ता कार्य गर्ने कम्पनीलाई कारबाही गरिएको हो ।
काठमाडौं । मकवानपुरका रामबहादुर रुम्बा राम्रो कमाइ हुने प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । घरको आर्थिक अवस्था र परिवार पाल्ने र कमाएर घरपरिवारलाई सुखसुविधा दिने अठोट गरेर काठमाडौंमा रहेको प्याराडाइज इन्टरनेसनल प्रालिमार्फत विभिन्न चरणमा गरी रुम्बालगायत ७० जनाभन्दा बढी नेपाली कामदार यूएईको सीआरसी कम्पनी क्लिनरको कामका लागि पुगेका थिए । मेनपावर कम्पनीलाई प्रतिव्यक्ति […]
The post दुबईमा १६ घण्टा काम ८ घण्टाको मात्र तलब appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, वैशाख १३ । चितवनका विमल कार्की साइप्रस गएको छ महिना भयो । श्रम स्वीकृति लिएर गएका उनी त्यहाँको एउटा ‘प्याकिङ कम्पनी’मा काम गर्दै आएका छन् । नेपालबाट जाँदा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई करिब साढे चार लाख बुझाएर गएका थिए। अहिले उनको मासिक ९० हजार रुपैयाँ तलब छ । खाने, बस्ने खर्च कम्पनीले नै […]
काठमाडौं, पुस २ । बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे । थारूसँगै अन्य ८० जना नेपाली सोही म्यानपावर कम्पनीलाई ५/५ लाख रूपैयाँ बुझाएर युएई उडेका थिए । नेपालबाट उड्नुअघि म्यानपावर कम्पनीले युएई पुगेको एक सातामा ‘बाइक […]
१६ असार, काठमाडौं । एक व्यक्तिलाई उनी कार्यरत कम्पनीले भुलबस उनको तलब भनदा २ सय ८६ गुणा धेरै पैसा उनको बैंक खातामा जम्मा गरिदियो । एक कर्मचारीको खातामा यसरी कैयौँ गुणा धेरै तलब पठाएको थाहा पाउनका लागि कम्पनीलाई केही समय त लाग्ने नै भयो । तर त्यति बेलासम्म ढिलो भैसकेको थियो । तालुमा आलु फलेर […]
यूकेमा हजारौँ कर्मचारीहरूले परीक्षण स्वरूप सोमवारबाट हप्तामा चार दिन काम गर्न सुरु गरेका छन्। काम गर्ने ढाँचाबारे विश्वकै सबैभन्दा ठूलो ठानिएको परीक्षणमा आगामी छ महिनाका लागि ७० कम्पनीले भाग लिएका छन्।ज्याला नघटाई हप्तामा काम गर्ने दिन कम गर्नेबारे अभियान सञ्चालन गरिरहेको समूहले यस्तो परीक्षण अभियान चालेको हो।कर्मचारीहरूलाई बढी उत्पादनशील बनाउने लक्ष्य राखिएको यो परीक्षणकालभरि साधारण समयको तुलनामा ८० प्रतिशत मात्रै काम गरे पनि कर्मचारीले शतप्रतिशत ज्याला पाउँछन्।अटोनोमी नामको थिङ्क ट्याङ्कसँगको सहकार्यमा अक्सफर्ड तथा क्याम्ब्रिज विश्वविद्यालयका प्राज्ञहरू र अमेरिकाको बोस्टन कलेजका विज्ञहरूले यो परीक्षणको व्यवस्थापन गरिरहेका छन्।परीक्षणमा सफ्टवेयर बनाउने कम्पनीहरूदेखि कामदार भर्ती गर्ने कार्यालयहरू, स्थानीय माछा पसलहरू र पसलहरू सहभागी छन्।उत्तरी लन्डनस्थित टोटेनहमको प्रेसर ड्रप ब्रुअरीका सह-संस्थापक साम स्मिथले फरक काम गर्ने ढाँचाको प्रयास गर्न आफ्नो कम्पनीलाई 'राम्रो समय भएको' अनुभव सुनाए।'महामारीले हामीलाई कामबारे सोच्न बाध्य बनायो र मानिसहरूले आफ्नो जीवन कसरी व्यवस्थापन गर्छन् भन्नेबारे पनि,' उनले भने।'हाम्रा कर्मचारीहरूको जीवनमा सुधार गर्न हामीले यसो गरिरहेका छौँ र मानिसहरूको मानसिक स्वास्थ्य र भलाइका लागि विश्वभरि भइरहेका अग्रगामी परिवर्तनमा सहभागी भएका छौँ।'यो परीक्षणकालमा देखिएको चुनौती उनलाई एकदमै सामान्य छ। उनको नौ जनाको टोलीले यसअघि पाँच दिनमा जति मात्राका बियर उत्पादन र प्याकिङ गर्थे अब त्यही काम चार दिनमा सक्नुपर्ने हुन्छ।'यो सबै तपाईँले कसरी समयको प्रयोग गर्नुहुन्छ भन्ने कुरा हो,' उनले भने।'उत्पादनशील हुने कुरा अहिले गरिरहेकै काम छिटोछिटो गर्ने भन्न खोजेको होइन। यो भनेको अर्को दिनको लागि राम्रोसँग तयार हुने भन्न खोजिएको हुनसक्छ।'काममा अझ केन्द्रितउक्त कम्पनीलाई कार्यालय सञ्चालनमा सहयोग गरिरहेकी क्लेयर डोहेर्टीले परीक्षण 'रोमाञ्चक' भएको र काम गर्ने शैलीमा 'प्राकृतिक प्रगति' को एक अङ्ग भएको बताइन्।चार वर्ष काम गर्दा पनि उनले हप्तामा एक दिन बिदा थपेर पनि प्रभावकारी रूपमा काम गर्न सकिनेतर्फ ध्यान नगएको उनले बताइन्।'अब इन्टरनेट हेरेर बस्ने अतिरिक्त समय पनि म काममै केन्द्रित गर्छु किनभने आफूसँग भएको समयमा हामीले काम सक्नुपर्ने हुन्छ,' उनले भनिन्।पसलमा काम गर्ने क्रिग कारमाइकलले बिदाको दिन थपिँदा आफूलाई थप मेहनतका साथ काम थप गर्न प्रोत्साहन मिल्ने बताए।'थप एक दिन बिदाको मजा लिन मैले चार दिनमा काम सक्नुपर्छ। मलाई यो राम्रो प्रोत्साहन लागेको छ,' उनले भने।विश्वव्यापी रूपमा सुरु गरिएको यो परीक्षणमा यूकेका ३,००० कर्मचारीहरू सहभागी छन्। यस्तै तर केही सानो आकारका परीक्षणहरू अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्यूजील्यान्ड र आयरल्यान्डमा पनि चलिरहेका छन्।'यूकेको परीक्षण ऐतिहासिक हो,' बोस्टन कलेजका अर्थशास्त्री र समाजशास्त्री एवम् चार कार्यालय दिनबारे विश्वव्यापी परियोजनाका प्रमुख अनुसन्धाता जुलिएट स्करले भनिन्।उनका अनुसार कार्य गर्ने दिन घटाउने कुरा सबै व्यक्ति र पेसामा लागु नहुन पनि सक्छ। उनका अनुसार स्वास्थ्य र शिक्षा क्षेत्रमा यसको कार्यान्वयन गर्न कठिन छ।उनका अनुसार उत्पादनशीलता १० प्रतिशत मात्रै बढाउन सकियो भने अर्थतन्त्रमा ठूलो सहयोग पुग्छ, पर्याप्त बिदाले मानिसहरू बिरामी कम पर्ने, अन्य बिदा कम लिने मात्र नभई नयाँ कर्मचारीहरूलाई पनि आकर्षित गर्न सकिन्छ।स्वतन्त्र अर्थशास्त्री जुलियन जेसोफले भने आफू परीक्षणको पक्षमा भए पनि त्यसले समग्र अर्थतन्त्रमा राम्रो नतिजा दिनेमा 'शङ्का' भएको बताएका छन्।'तपाईँ हरेक दिन २५ प्रतिशत थप उत्पादनशील हुनपर्छ' उनले भने।'अरू पनि केही क्षेत्र छन् जहाँ हप्तामा चार दिन विकल्प देखिँदैन। डाक्टरहरू अहिले पनि बिरामीहरूलाई पर्याप्त समय दिन सकिरहेका छैनन्। उनीहरूले कसरी दैनिक २५ प्रतिशत बढी बिरामीहरू हेर्ने?' उनको प्रश्न छ।'उत्पादनशीलता वृद्धि'एक्सेरस्थित एक निर्माण क्षेत्रमा कामदार भर्ती गर्दै आएको कम्पनी गर्लिङ जोन्सले ज्यानुअरीबाटै चार कार्य दिन सुरु गरेको छ।यो कम्पनीले अहिलेको परीक्षणमा पनि सहभागिता जनाएको छ।'उत्पादनशीलता मात्रै बढेको छैन, नाफा पनि बढेको छ' कम्पनीका संस्थापक सिमोन गर्लिङले भने।'हाम्रा सबै कामहरू फोन कल, बैठकहरू, अन्तर्वार्ताहरूको सङ्ख्या बढेको छ। सबै जनाले कम समयमा धेरै काम गरिरहेका छन्,' उनले थपे।यसबाट कर्मचारीहरू पनि खुसी छन्। एलेन एन्डरसन भन्छिन् उनी छुट्टीको दिन आराम गरेर बिताउँछिन्।'म साँच्चिकै उत्प्रेरित भएकी छु। मैले याद गरेको कुरा निद्रा हो। म राम्रोसँग निदाएकी छु र उठ्न सजिलो भएको छ,' उनले भनिन्।उनका एक सहकर्मीले आफूले थपिएको बिदा छोरीसँग बिताउने गरेको सुनाए। जसले गर्दा उनकी छोरीको लागि नर्सरीमा हुने खर्च कम भएको छ।कोरोना महामारीले काम गर्ने शैलीमा परिवर्तन ल्याएका कारण पनि व्यवसायहरूलाई नयाँ काम गर्ने शैलीमा अभ्यास गर्न सहज भएको छ।'करिब तीन वर्षअघि नै चार दिन सुरु गर्ने भाग्यमानीमध्ये म थिएँ, जसले जीवनमा परिवर्तन ल्यायो,' गर्लिङ भन्छन्।'महामारीबाट काममा फर्किदा हामीले धेरै अनुसन्धान गर्यौँ र मैले यसको कुनै पनि घाटा देखिनँ।' -बिबिसीबाट
सन् २००८ को वित्तीय संकटपछि अमेरिका र युरोपमा बैंकका उच्च अधिकारीको तलबका बारेमा केही विवाद सुरु भयो । त्यसबेला पश्चिमा मुलुकका बैंक तथा वित्तीय संस्थामा मात्र नभएर अरू कम्पनीहरूमा समेत तलब भन्दा पनि अन्य सुविधा अत्यन्तै धेरै भएको पाइएको थियो । कतिपय कम्पनीहरूले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सुविधाको नाममा उनीहरूको तलबको ९० प्रतिशतसम्म बढी भुक्तानी दिएका थिए । सीईओले जोखिम लिने, संस्थागत सुदृढीकरण गर्ने र छोटो अवधिमै कम्पनीको साखमा सुधार गर्ने भएकाले उनीहरूलाई उच्च पारिश्रमिक दिइएको थियो । तत्कालका लागि फाइदा दिलाए पनि दीर्घकालमा भने कम्पनीलाई त्यसबाट नकारात्मक असर परेका पनि देखियो । कम्पनी जोखिम पर्दासम्ममा सीईओ भने अर्कै कम्पनीमा सरिसकेका हुन्थे । यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने बहस त्यहाँ चलको थियो । त्यसको हावा नेपालसम्म आइपुगेको हो ।
तर नेपालको अवस्था भने नितान्त फरक छ । नेपालमा बैंक तथा वित्तीय संस्थाका सीईओ लगायत उच्च अधिकारीको पारिश्रमिक र सेवासुविधा पारदर्शी छ । विडम्बना के छ भने पारदर्शिताकै कारण पनि अहिले सीईओको तलब विवादमा आएको हो । पारदर्शिताकै कारण अरू क्षेत्रमा भन्दा बैंक तथा वित्तीय संसद्मा तलब बढी भएको जस्तो देखिन्छ । यसले गर्दा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र अन्य उच्च तहका कर्मचारीको पारिश्रमिक नेपालको सन्दर्भमा बढी नै भएको हो कि भन्ने बहस चलेको हो ।
(नेपाल बैंकर्स संघका अध्यक्ष सशिन जोशीको आलेखबाट)
वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३
नेपालबाट श्रमिकहरु जाँदा श्रमिक र रोजगारदाताबीच एकखाले रोजगार सम्झौता गरिएको हुन्छ । त्यो सम्झौतामा कामदारले कति तलब पाउने, ओभर टाइम कति हुने भन्ने उल्लेख गरिएको हुन्छ ।
विशेषगरी दक्षिण एसियाबाट गएका श्रमिकलाई सम्झौता अनुसारको तलब सुविधा नदिने गरेकाे देखिन्छ ।
त्यो रोजगारदाताले गरेको ठगी र शोषण हो । त्यसको विरुद्धमा सम्बन्धित गन्तव्य देशमा पनि उजुरी दिने व्यवस्था हुन्छ । तर विभिन्न कारण जस्तो पैसा, भाषा, त्यहाँको न्यायिक प्रणाली नबुझेका कारणले उनीहरूले व्यवस्थापकको विरुद्धमा उजुरी गरेर कम्पनीलाई जिम्मेवार बना...
कतारले आप्रवासी अदक्ष श्रमिकका लागि तोकेको न्यूनतम तलबलाई शनिबारदेखि कार्यान्वयनमा ल्याएको छ । कतारले रोजगारदाता कम्पनीलाई तयारीका लागि ६ महिना अगाडि नै राजपत्रमा सूचना प्रकाशित गरेको थियो ।
सुनाखरी मगर/उज्यालो ।
मलेसिया – श्रमिकको तलब रोक्ने मलेसियाको डब्लूआरपी कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्ने भएको छ । मलेसियाको मानव संशाधन मन्त्रालयको तर्फले डब्लूआरपी एसिया प्यासिफिक कम्पनीलाई कारबाही बताएको हो ।
तलब नदिएपछि नेपाल र बाङ्लादेशसहित विभिन्न देशका दुई हजार भन्दा धेरै कामदारले...
वैदेशिक रोजगार व्यवसायीहरूको तर्क छ, सेवा शुल्क बापत नेपाली म्यानपावर कम्पनीलाई आधा महिनाको तलब दिएर मलेशियाका रोजगारदाताले नेपाली कामदार नलग्न पनि सक्छन्। श्रम सम्झौताप्रति असन्तुष्टि किन?