आफ्नो व्यापार जोगाउनका लागि म्यान्मारका सैनिकहरूले कू गरेका हुन् ?

जननिर्वाचित सरकारमा आफ्नो नियन्त्रण कायम रहेको भए पनि म्यान्मारमा सेनाले कू किन गर्नुपरेको होला ? अनि लोकतान्त्रिक सरकारले दोस्रो कार्यकाल शुरू गर्नै लागेको बेलामा कू गर्नुको कारण के होला ? यसका विभिन्न व्याख्या हुन सक्लान् तर सेनाले आफ्नो सम्पत्ति र व्यापारलाई संरक्षण गर्नका लागि कू गरेको भन्ने कोणबाट खासै व्याख्या भएका छैनन् ।  दशकौंसम्म शासन चलाएको सेनाले प्रशासनतन्त्रमा नियन्त्रण गरी अकूत सम्पत्ति कमाएको छ र महत्त्वपूर्ण क्षेत्रहरूमा लगभग एकाधिकार जमाएको छ ।    नेसनल लीग फर डेमोक्रेसी दलको नेतृत्वमा बनेको ...

सम्बन्धित सामग्री

कहाँबाट सुरु भयो ‘चीनमा ‘कू’ भएको र सी जिनपिङ पक्राउ परेको’अफवाह ?

चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘कू’ को अफवाह विश्वभरका सञ्चारमाध्यममा निकै चर्चामा छ । चीनमा ‘कू’ को हल्ला सुरु भएको कुरा विदेशमा रहेको चिनियाँ सञ्चारमाध्यमबाट पहिलो पटक आएको हो । विशेष गरी फालुन गोंग समर्थित मिडियाले राष्ट्रपति सी जिनपिङलाई ‘कू’ पछि गिरफ्तार गरिएको दाबी गरेका थिए । यो अफवाहको जरा चीनबाट भागेर अमेरिकामा आश्रयलिएका झाओ लान्जियान […]

भारतमा ट्वीटरलाई पछि पार्दै माइक्रोब्लगिङ एप कू

२३ माघ, काठमाडौं । के भारतमा विकास गरिएको माइक्रोब्लगिङ एप कू (प्यय) ले ट्वीटरलाई पछि पार्न सक्ला ? सन् २०२१ को अन्त्य सम्ममा भारतमा दुई करोड पटक डाउनलोड भइसकेको माइक्रो ब्लगिङ एप कू को लक्ष्य भनेको घरेलु बजारमा ट्वीटरलाई पछि पार्नु रहेको छ । कू का सह संस्थापक मयंक बिडावाट्काका अनुसार हाल भारतमा ट्वीटरका प्रयोगकर्ता […]

किमकी बहिनीले उनीविरुद्ध कू गरेको खबर झूटो भएको दाबी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले उनीविरुद्ध कू गरेको भनी केही सञ्चारमाध्यममा आएको खबर झूटो भएको दक्षिण कोरियाको गुप्तचर संस्थाले आइतवार जानकारी दिएको छ ।  कू गरी किमलाई हटाइएको खबरलाई नेसनल इन्टेलिजेन्स सर्भिसले असत्य बताएको हो । अर्का एक सरकारी अधिकारीले पनि यो खबर झूटो भएको बताए ।  अमेरिकाबाट प्रकाशित हुने ग्लोब नामक पत्रिकामा छापिएको खबरलाई उद्धृत गर्दै दक्षिणका सञ्चारमाध्यमले कूको समाचार दिएका थिए । यो जोङले मे ६ र जुन ५ को बीचमा कू गरेर किमलाई पदबाट हटाएको समाचार थियो ।...

सुडानमा ‘कू’ गरेर सत्ता पल्टाउने प्रयास असफल

काठमाडौं, ५ असोज । सुडानमा अपदस्थ पूर्व राष्ट्रपति ओमर अल–बशिरका समर्थकहरूको ‘कू’ गरेर सत्तापल्टाउने प्रयास असफल भएको त्यहाँको सरकारले जनाएको छ । ‘कू’ गर्ने प्रयास गरिएको थियो । तर, त्यहाँका जनताले प्रतिरोध गरेको सुडानका स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यद्यपि ‘कू’ गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारे अहिलेसम्म खुलेको छैन् ।राजधानी खार्तुम आसपास क्षेत्रमा […]

सुडानमा 'सैन्य कू' गर्ने असफल प्रयास : सरकारी टेलिभिजन

काठमाण्डाै – सुडानमा 'सैन्य कू' मार्फत सत्ता कब्जा गर्ने एउटा असफल प्रयास भएको त्यहाँको सरकारी टेलिभिजनले भनेको छ ।  ‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ’, सरकारी टेलिभिजनले भनेको छ तर कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारेमा खुलाइएको छैन ।  राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको र नाइल नदीका पुलहरू बन्द गरिएको बीबीसीले जनाएको छ ।  समाचार एजेन्सी राेयटर्सका अनुसार सैन्य प्रवक्ता माेहम्मद अल फकी सुलेमान...

मालीमा सैन्य कू, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी

अफ्रिकी मुलुक मालीको अन्तरिम सरकारलाई अपदस्थ गर्दै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्दी बनाएको संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले जनाएका छन् ।  नौ महिनाअघि मात्र सेनाले कू गरेर पहिलेका राष्ट्रप्रमुखलाई हटाएकोमा पुनः कू गरिएको छ ।  सोमवार एक संयुक्त विज्ञप्ति जारी गर्दै यी विश्वव्यापी निकायहरूले राष्ट्रपति बाह न्दाव र प्रधानमन्त्री मोक्तार औएनको तत्काल तथा निःशर्त रिहाइको माग गरेका छन् । जबर्जस्ती राजीनामा दिन लगाउने कुनै पनि बाध्यकारी कार्यलाई अन्तर्राष्ट्रिय समुदायले ठाडै नकार्ने पनि उनीहरूले जनाएका छन् ।  ...

सैन्य कू पछि म्यानमारमा के-के भयो ?

२ फागुन, काठमाडौं । म्यानमारमा सैन्य कू भएको दुई साता पुगिसकेको छ । सन् २०१५ देखि जनताको हातमा सत्ता सुम्पिएको सेनाले पुनः सत्ता आफ्नो हातमा लिएको हो । सेनाले सत्ता आफ्नो हातमा लिएपछिको पछिल्लो दुई साताका प्रमुख घटनाहरु यहाँ उल्लेख छ : १. नेता तथा सांसद्हरु पक्राउ सेनाले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही […]

म्यानमारमा सैन्य 'कू' विरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

काठमाण्डाै - म्यानमारमा भएको सैन्य 'कू' को विरोधमा आज पनि प्रदर्शन भइरहेको छ ।   सैन्य 'कू' को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी दलको रातो झण्डा तथा बेलुनहरू बोकेका छन् । प्रदर्शन चर्किँदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिएको छ । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्द गरेको भन्दै भत्सर्ना गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ । ...

कू विरुद्ध तीन औंले सलाम, म्यानमारमा जाग्दै विद्यार्थी

म्यानमारमा सैनिक कू विरुद्ध नागरिकस्तरमा आन्दोलन बढ्नेक्रममा रहेको छ। त्यहाँका शिक्षक तथा विद्यार्थीहरु प्रदर्शनमा उत्रिन थालेका छन्। यंगुनको ठूलो विश्वविद्यालयमा प्रदर्शन भएको छ। प्रदर्शनमा आङ सान सु चीको पक्षमा नारावाजी भएको छ। प्रदर्शनमा उत्रिएकाहरुले रातो रिबन लगाएका छन्।  सोमवार भएको सैनिक कू पछि सु ची र अन्य नेताहरुलाई बन्दी बनाइएको…

म्यानमारको सैनिक ‘कू’ प्रति मसालको भर्त्सना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले म्यान्मारले सेनाले ‘कू’ गरी सत्ता हातमा लिएको घटनाप्रति आपत्ति जनाएको छ । महामन्त्री मोहनविक्रम सिंहले मंगलबार वक्तव्य प्रकाशित गरी ‘कुनै पनि बहानामा सत्ता हातमा लिने सेनाको उक्त कदम लोकतन्त्र र जनअधिकारमाथिको कुठाराघात’ भएको बताउनुभएको छ । वक्तव्यमा त्यहाँका नेताहरुमाथि भएको धरपकड र गिरफ्तारीको निन्दा गर्दै उनीहरुको तुरुन्त रिहाई तथा लोकतन्त्र बहालीका लागि अपिल गरिएको छ । यस्तो छ वक्तव्य जननिर्वाचित सरकार विरूद्ध ‘कू’ गरी शासनसत्ता हातमा लिने म्यानमारको सेनाको कदमलाई नेपाल कम्युनिस्ट पार्टी(मसाल)ले कडा शब्दमा विरोध र भ्रत्र्सना गर्दछ । गत नोभेम्बरमा भएको निर्वाचनमा त्यहाँकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको दलले बहुमत ल्याएको थियो । त्यसरी जनताद्वारा निर्वाचित भएको सरकार र संसदका विरूद्ध ‘कू’ गरेर अहिले कुनै पनि बहानामा सत्ता हातमा लिने सेनाको उक्त कदम लोकतन्त्र र जनअधिकारमाथिको कुठाराघात हो । ‘कू’ सँगै आङ सान सुची सहित बिभिन्न राजनीतिक कार्यकर्ता तथा नेतामाथि भएको व्यापक गिरफ्तारी र धरपकडको निन्दा गर्दछौँ । हामीले उनीहरू सबैको तुरुन्त रिहाइको माग गर्दै म्यानमारमा लोकतन्त्र बहालीका लागि जोड दिन्छौँ ।