म्यानमारमा सैन्य 'कू' विरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

काठमाण्डाै - म्यानमारमा भएको सैन्य 'कू' को विरोधमा आज पनि प्रदर्शन भइरहेको छ ।   सैन्य 'कू' को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी दलको रातो झण्डा तथा बेलुनहरू बोकेका छन् । प्रदर्शन चर्किँदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिएको छ । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्द गरेको भन्दै भत्सर्ना गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ । ...