मालीमा सैन्य कू, राष्ट्रपति र प्रधानमन्त्रीलाई बनाइयो बन्दी

अफ्रिकी मुलुक मालीको अन्तरिम सरकारलाई अपदस्थ गर्दै सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्दी बनाएको संयुक्त राष्ट्रसंघ र अफ्रिकी संघले जनाएका छन् ।  नौ महिनाअघि मात्र सेनाले कू गरेर पहिलेका राष्ट्रप्रमुखलाई हटाएकोमा पुनः कू गरिएको छ ।  सोमवार एक संयुक्त विज्ञप्ति जारी गर्दै यी विश्वव्यापी निकायहरूले राष्ट्रपति बाह न्दाव र प्रधानमन्त्री मोक्तार औएनको तत्काल तथा निःशर्त रिहाइको माग गरेका छन् । जबर्जस्ती राजीनामा दिन लगाउने कुनै पनि बाध्यकारी कार्यलाई अन्तर्राष्ट्रिय समुदायले ठाडै नकार्ने पनि उनीहरूले जनाएका छन् ।  ...

सम्बन्धित सामग्री

बुर्किना फासोमा फेरि सैन्य ‘कू’

पश्चिम अफ्रिकी देश बुर्किना फासोमा फेरि सैन्य ‘कू’ भएको छ। गएराति त्यहाँका एक सैन्य कमाण्डरले राष्ट्रपति लेफ्टिनेन्ट कर्नेल पल हेनरी दामिबालाई पदबाट हटाएको घोषणा गरेका छन् । सैन्य कमाण्डर इब्राहिम ट्रोरेले त्यहाँको राष्ट्रिय टेलिजिभनबाट सम्बोधन गर्दै लेफ्टिनेन्ट कर्नेल आतंकवाद नियन्त्रणमा असफल भएको भन्दै पदबाट हटाइएको घोषणा गरेका हुन्। उनले देशका सीमाहरू अनिश्चितकालका लागि बन्द गरिएको र सबै राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।यसै वर्षको जनवरीमा लेफ्टिनेन्

सुडानमा सैन्य ‘कू’ को विरोधमा दैनिक रुपमा प्रदर्शन

काठमाडौं । सुडानमा गत अक्टोबरमा भएको सैन्य ‘कू’ को विरोधमा दैनिक हजारौंले प्रदर्शन गर्न थालेका छन् । सैनिक सरकार विरोधी प्रदर्शनका क्रममा गत शुक्रबार ९ जनाको मृत्यु भएपछि त्यसको विरोधमा हजारौं मानिस सडकमा उत्रिएका हुन् । राजधानी खार्पुङ केन्द्रित प्रदर्शनका क्रममा हजारौं सर्वसाधारणले सरकारी अधिकारीहरूको दमनको विरोध गरेका छन् । संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय […]

सुडानमा 'सैन्य कू' गर्ने असफल प्रयास : सरकारी टेलिभिजन

काठमाण्डाै – सुडानमा 'सैन्य कू' मार्फत सत्ता कब्जा गर्ने एउटा असफल प्रयास भएको त्यहाँको सरकारी टेलिभिजनले भनेको छ ।  ‘कू गर्ने एउटा असफल प्रयास गरिएको छ मानिसहरूले त्यसको प्रतिवाद गर्नुपर्छ’, सरकारी टेलिभिजनले भनेको छ तर कू गर्ने षड्यन्त्र कसले गरेका हुन् भन्नेबारेमा खुलाइएको छैन ।  राजधानी खार्तुम र ओमडर्मान आसपास क्षेत्रमा बाक्लो सैन्य गतिविधि देखिएको र नाइल नदीका पुलहरू बन्द गरिएको बीबीसीले जनाएको छ ।  समाचार एजेन्सी राेयटर्सका अनुसार सैन्य प्रवक्ता माेहम्मद अल फकी सुलेमान...

खतरामा नयाँ पिँढी : म्यानमारमा 'सैन्य कू' पछि मारिए ७५ बालबालिका

फेब्रुअरी १ का दिन म्यानमारमा फेरि 'जुन्ता सरकार'को उदय भयो। आङ सान सूचीको नेशनल लिग फर डेमोक्रेसी नेतृत्‍वको सरकारलाई अपदस्त गर्दै सेनाले 'कू' गर्‍यो। राष्ट्रपति विन मिन्ट र स्टेट काउन्सलर सूची सहित सयौंलाई नजरबन्द गरियो। 'सैन्य कू' को विरोधमा सडकमा नागरिक निस्किए। दिनहुँजसो सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप भयो। हालसम्म ९०० भन्दा बढी…

म्यानमार सैन्य ‘कू’ : विरोध प्रदर्शनको ‘घातक दिन’ कम्तीमा १० जनाको ज्यान गयो

काठमाण्डाै – म्यानमारमा सैन्य कू को विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा दश जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा १० जनाभन्दा धेरै घाइते भएका छन् । सैन्य ‘कू’ पछि भइरहेको विरोध प्रदर्शनमा यो दिनलाई घातक दिनका रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । याङ्गोन, दावेई र म्यान्डलेलगायतका सहरमा प्रदर्शनकारीको ज्यान गएको हो । याङ्गाेनमा मात्रै पाँच जनाकाे ज्यान गएकाे बताइएकाे छ । आइतवार प्रहरीले प्रदर्शन दबाउन गोली, अश्रृग्यास तथा पानीको फोहोरा हानेको बीबीसीमा उल्लेख ...

भुटानमा ‘सैन्य कू’ प्रयास असफल

भुटान / सेनापति र प्रधानन्यायाधीशलाई हटाएर शक्ति आफ्नो हातमा लिन खोजेको आरोपमा एक भुटानी सैनिक अधिकारी र दुई न्यायाधीशलाई प्रहरीले पक्राउ गरेको छ । लजजिरासहितका अन्तराष्ट्रिय संचारमाध्यमले हिमाली राष्ट्र भुटानमा सम्भावित सैन्य ‘कू’ असफल भएको उल्लेख गरेका छन् । राजपरिवारका पूर्व अंगरक्षक बिग्रेडियर थिन्ले तोब्गे, उच्च अदालतका न्यायाधीश किन्ले छिरिङ र जिल्ला अदालतका मुख्य न्यायाधीश... The post भुटानमा ‘सैन्य कू’ प्रयास असफल appeared first on Purbeli News.

म्यानमार सैन्य 'कू' : विराेध प्रदर्शनमा एक जनाकाे ज्यान गयाे

काठमाण्डाै – म्यानमारमा भएकाे सैन्य 'कू' पछि जारी विराेध प्रदर्शनमा २० वर्षीया महिला म्या त्वे त्वे काइङ्गकाे ज्यान गएकाे छ । गएकाे केही हप्तादेखि जारी विराेध प्रदर्शनमा पहिलाे पटक कुनै प्रदर्शनकारीकाे ज्यान गएकाे हाे ।  गएकाे हप्ता विराेध प्रदर्शनका भाग लिएकी म्या त्वे त्वे काइङ्ग प्रहरीले चलाएकाे गाेली टाउकाेमा लागेर घाइते भएकी थिइन् । प्रदर्शनकारीलाई तितरबितर बनाउन म्यानमारमा प्रहरीले पहिला पानीकाे फाेहाेरा र रबरकाे गाेली पनि चलाएकाे थियाे ।  म्यानमारमा सैन्य 'कू' पछि लगातार विराेध प्...

सैन्य कू पछि म्यानमारमा के-के भयो ?

२ फागुन, काठमाडौं । म्यानमारमा सैन्य कू भएको दुई साता पुगिसकेको छ । सन् २०१५ देखि जनताको हातमा सत्ता सुम्पिएको सेनाले पुनः सत्ता आफ्नो हातमा लिएको हो । सेनाले सत्ता आफ्नो हातमा लिएपछिको पछिल्लो दुई साताका प्रमुख घटनाहरु यहाँ उल्लेख छ : १. नेता तथा सांसद्हरु पक्राउ सेनाले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको केही […]

म्यानमारमा सैन्य 'कू' विरुद्ध दिनहुँ हजारौँको प्रदर्शन

काठमाण्डाै - म्यानमारमा भएको सैन्य 'कू' को विरोधमा आज पनि प्रदर्शन भइरहेको छ ।   सैन्य 'कू' को विरोधमा हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रदर्शनमा सहभागी कतिपय मानिसहरूले नेतृ आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी दलको रातो झण्डा तथा बेलुनहरू बोकेका छन् । प्रदर्शन चर्किँदै गएपछि त्यहाँ इन्टरनेट बन्द गरिएको छ । मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले म्यानमारमा भएको इन्टरनेट सेवा बन्द गरेको भन्दै भत्सर्ना गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना बढ्ने जोखिम बढ्दै गएको एम्नेस्टीको भनाइ छ । ...

सैन्य ‘कू’ पछि म्यानमारमा रहेका नेपाली भाषीको अवस्था

दीपक भट्टराई/म्यानमार म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि एक खालको अन्योलको वातावरण सिर्जना भएको छ । यहाँ रहेका झण्डै डेढ लाख नेपाली भाषी पनि अब के होला भन्ने अन्योल र त्रासमा छन् । ​ सैन्य ‘कू’ पछि संकटकाल लागेकाले अवस्था कस्तो होला भन्ने आम मानिसमा डर बढेको छ । इन्टरनेट सेवा पनि बन्द गरिदिएकाले सञ्चारमाध्यम र खबर पढ्न र हेर्नबाटै बञ्चित हुने हो कि भन्ने आशंका पनि बढेको छ । सैन्य ‘कू’ लगत्तै म्यान्मारमा मोबाइल फोन केही समयसम्मका लागि बन्द भएको थियो ।  अहिले म्यानमारमा रातको समयम...