किमकी बहिनीले उनीविरुद्ध कू गरेको खबर झूटो भएको दाबी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले उनीविरुद्ध कू गरेको भनी केही सञ्चारमाध्यममा आएको खबर झूटो भएको दक्षिण कोरियाको गुप्तचर संस्थाले आइतवार जानकारी दिएको छ ।  कू गरी किमलाई हटाइएको खबरलाई नेसनल इन्टेलिजेन्स सर्भिसले असत्य बताएको हो । अर्का एक सरकारी अधिकारीले पनि यो खबर झूटो भएको बताए ।  अमेरिकाबाट प्रकाशित हुने ग्लोब नामक पत्रिकामा छापिएको खबरलाई उद्धृत गर्दै दक्षिणका सञ्चारमाध्यमले कूको समाचार दिएका थिए । यो जोङले मे ६ र जुन ५ को बीचमा कू गरेर किमलाई पदबाट हटाएको समाचार थियो ।...

सम्बन्धित सामग्री

कहाँबाट सुरु भयो ‘चीनमा ‘कू’ भएको र सी जिनपिङ पक्राउ परेको’अफवाह ?

चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘कू’ को अफवाह विश्वभरका सञ्चारमाध्यममा निकै चर्चामा छ । चीनमा ‘कू’ को हल्ला सुरु भएको कुरा विदेशमा रहेको चिनियाँ सञ्चारमाध्यमबाट पहिलो पटक आएको हो । विशेष गरी फालुन गोंग समर्थित मिडियाले राष्ट्रपति सी जिनपिङलाई ‘कू’ पछि गिरफ्तार गरिएको दाबी गरेका थिए । यो अफवाहको जरा चीनबाट भागेर अमेरिकामा आश्रयलिएका झाओ लान्जियान […]

‘गृहयुद्ध’ टार्न सत्ता कब्जा गरेको सुडानी सेनाको दाबी

‘गृहयुद्ध’ टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानको ‘सैनिक कू’ का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् । सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोकलाई उनकै सुरक्षाका लागि सैनिक जनरलकै घरमा राखिएको दाबी गरिएको थियो । अहिले अब्दुल्ला आफ्नै घर फर्किएका छन् । सेनाले शक्ति हातमा लिएपछि प्रदर्शन भइरहेको छ । राजधानीमा सडक, पसल […]

गिनीमा सैन्य ‘कू’, राष्ट्रपति पक्राउ, सरकार विघटन

२१ भदौ, काठमाडौं । गिनीको विशेष सैन्य बलले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सेनाले राष्ट्रपति अल्फा कोन्डेलाई पक्राउ गर्दै मुलुकको राजनीतिक अवस्थामा सुधार गर्ने दाबी गरेको छ । पश्चिमी अफ्रिकामा रहेको गिनीमा ‘कू’ गरेसँगै सेनाले सरकारका सबै मन्त्रीलाई छलफलका लागि बोलाउने बताएको छ । अब अनिश्चितकालका लागि कफ्र्यु घोषणा गरिएको छ । […]

नेतृ सुकी स्वस्थ रहेको म्यानमारको सेनाको दाबी

९ जेठ, काठमाडौं । म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी स्वस्थ रहेको बताएका छन् । गत फेब्रुअरी महिनामा निर्वाचित सरकारलाई हटाउँदै कू गरेयता पहिलोपटक सेनाका प्रमुखले अन्तर्वार्ता दिएका हुन् । उनले अबको केही दिनमा सुकीलाई अदालतमा पेश गरिने बताएका छन् । सुकी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा […]

म्यानमारको सैन्य 'कू' बारे अनभिज्ञ रहेको चीनको दाबी

म्यानमारमा सैन्य कु लागू भएपछि हाल सङ्कटकालको अवस्था रहेको छ। म्यानमारमा सैन्य 'कू' लाई छिमेकी देश चीनले सघाउ पुर्‍याएको टिप्पणीहरू भइरहेको बेला चीनले भने यसबारे अनभिज्ञ रहेको बताएको छ।

म्यानमारको सैन्य 'कू' बारे अनभिज्ञ रहेको चीनको दाबी

म्यानमारमा सैन्य कु लागू भएपछि हाल सङ्कटकालको अवस्था रहेको छ। म्यानमारमा सैन्य 'कू' लाई छिमेकी देश चीनले सघाउ पुर्‍याएको टिप्पणीहरू भइरहेको बेला चीनले भने यसबारे अनभिज्ञ रहेको बताएको छ।

म्यानमार 'कू' : सैन्य सरकारले सूचीमाथि लगायो दोस्रो अभियोग

म्यानमारीकी नेतृ आङ सान सूचीलाई सैन्य सरकारले थप 'क्रिमिनल चार्ज' लगाएको छ। कू गर्दै सेनाले सत्ता नियन्त्रणमा लिएपछि सूचीलाई जुन्ता सरकारले पक्राउ गरेको थियो। उनलाई कहाँ राखिएको छ भन्ने बारेमा कसैलाई पनि थाहा छैन। सेनाले भने सूचीलाई उनकै घरमा राखिएको दाबी गरेको छ। मंगलबार भने सूचीलाई भिडियो कन्फरेन्स मार्फत अदालतमा…

जसपाले संसदमा भन्यो – प्रतिनिधि सभा विघटन २०१७ सालको पुनरावृत्ति

जनता समाजावादी पार्टी (जसपा)ले प्रतिनिधि सभा विघटनको निर्णय २०१७ सालको घटनाको पुनरावृत्ति भएको आरोप लगाएको छ । जसपाले प्रतिनिधि सभा विघटनलाई संविधान माथिको 'कू' भएको दाबी पनि गरेको छ । राष्ट्रिय सभा अधिवेशनको उद्घाटन मन्तव्य राख्दै जसपा नेतृ प्रमिला कुमारीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गर्ने निर्णय प्रतिगामी भएको आरोप लगाएकी हुन् । ‘पुष ५ गते प्रधानमन्त्रीको सिफारिशमा राष्टपतिले जनताको सर्वोच्च प्रतिनिधिमुलक संस्था प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक अलोकतान्त्रिक र प्र...