एनआईसी एशिया ग्रोथ फण्ड-२ को इकाई मङ्सिर १८ गतेसम्म मात्र विक्रीमा रहने

काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई मङ्सिर १८ गतेसम्म मात्र विक्रीमा रहने भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सञ्चालन गर्ने गरी यस योजनाको इकाई मङ्सिर ४ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । विक्री गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री खुला गरिएको हो । यो इकाई खरीदका लागि छिटोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहे पनि सो अवधिसम्म मागबमोजिम आवेदन नपरेपछि ढिलो अवधि मङ्सिर १८ गतेसम्म विक्री खुला गरिएको हो । मङ्सिर १७ गते बिहान १० बजेसम्म यस योजनाको इकाई खरीदका लागि ५४ हजार ७९७ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार यी आवेदकहरूबाट ८ करोड ३९ लाख ९० हजार १२० इकाई खरीद माग भएको हो । यो इकाई खरीदका लागि न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । इकाई विक्रीका लागि खुला गरिएको अवधि तथा बोर्डबाट थप भएको अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरीद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिने व्यवस्था छ । सो अवधिसम्म न्यूनतम संख्यामा इकाई विक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र निवेदकहरूको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिने व्यवस्थासमेत छ । योजनाको इकाई खरीदका लागि हालसम्म परेको तथ्यांक रितपूर्वक भएमा करीब ९९ प्रतिशत इकाई विक्री भइसकेको अवस्था छ । यो इकाई निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । ७ वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको इकाई खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।  साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिनेछ ।

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको सीईओमा पुन: न्यौपाने

एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रोशन कुमार न्यौपानेले पुनर्नियुक्ति पाएका छन्।...

‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’

एनआईसी एशिया क्यापिटलले एक अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्दैछ । क्यापिटलले १९ जेठदेखि ‘एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड’ नामक म्युचुअल फण्डको निष्काशन तथा बिक्री खुला गर्न लागेको बुधबार पत्रकारसम्मेलन गरि जानकारी दिदै ।

एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले आईपीओ जारी गर्दै

१८ जेठ, काठमाडौं । एनआईसी एशिया फ्लेक्सी क्याप फन्डले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । १९ देखि २४ जेठसम्म आईपीओ निष्कशन तथा बिक्री खुल्ला गर्ने फन्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एनआईसी एशिया बैंक म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया फ्लेक्सी क्याप फन्डको प्रति इकाइ मूल्य १० रुपैयाँ अंकित दरको […]

एनआईसी एशिया बैंकले ल्यायो आइडिया टु आईपीओ कार्यक्रम

एनआईसी एशिया क्यापिटलले आइडिया टु आईपीओ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

एनआईसी एशिया बैंकको कार्डलेस सुविधा

काठमाडौं, २१ कात्तिक । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा एटीएमबाट यो सेवा प्रयोग गरी जुनसुकै समयमा नगद निकाल्न सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार यस सुविधा […]

एनआईसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक

एनआईसी एशिया बैंकले भाइबर स्टिकर सार्वजनिक गरेको छ । हालसम्म यसमा ४८ हजार भन्दा बढी सदस्यहरू जोडिएको बैंकले जनाएको छ । मार्फत ग्राहकको उपस्थितिलाई प्रवद्र्धन गर्ने अभिप्रायले बैंकले ‘एनआईसी एशिया भाइबरक्वीज विज’ समेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताहरूले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् ।यही असोज १४ देखि […]

सामाजिक सुरक्षा कोष विरुद्ध एनआईसी एशिया बैंक कर्मचारी संघको विरोध कार्यक्रम

काठमाडौं । नेपाल सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले उक्त योजनाको विरोध गर्दै प्रदर्शन गरेको छ । संघले १८ गते देशैभरी एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरूमा विभिन्न मागहरु राख्दै विरोध प्रदर्शन गरेको छ । एनआईसी एशिया बैंक कर्मचारी संघका अध्यक्ष सुमन थापाले एनआईसी एशिया बैंक कर्मचारी संघ यस योजनामा जाँदैनौ भन्ने नभइ योजनामा भएको विभेदको विरोध गरेको बताए । उनले आफूहरुको बुँदागत माग पुरा नहुँद

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि एनआईसी एशिया मोबाइल बैंकमार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभर पठाउन सकिने सुविधा ल्याएको छ । यो सेवाअन्तर्गत अब ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि आफ्नो एनआईसी एशिया मोबैंकबाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन् ।ग्राहकहरूले आफ्नो मोबाइल प्रयोग गरी बैंकको ‘एनआईसी एशिया मोबैंक’ भित्र रहेको ‘सेन्ड रेमिट’ आइकनमा ट्याप […]

आईएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

काठमाण्डाै – डिम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्‍याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भयो । सम्झौता अनुसार डिम्याट खाता र मेरो शेयरको नवीकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आईएमई पे एप र आईएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् । यस कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आईएमई  पे,  एनआईसी एशिया क्यापिट...

आइएमई पेबाट पनि एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

काठमाडौं । डिम्याट खाता र मेरो सेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पुर्याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पे वीच सम्झौता सम्पन्न भयो । सम्झौता अनुसार डिम्याट खाता र मेरो सेयरको नवीकरण गर्न  एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे, एनआईसी एशिया क्य