काठमाण्डाै - कालीगण्डकी नदीमाथिको मनलाग्दी दोहनविरुद्धको अभियानमा कविहरू पनि एकाकार भएका छन् । कालीगण्डकी बचाउने पवित्र लक्ष्यप्रति कविहरूले सिर्जनाकामार्फत दबाब जनाएका हुन् ।
निर्मम दोहन झेलिरहेको कालीगण्डकीलाई प्राकृतिक लयमा फर्काउन रचनात्मक दबाब बढाइरहेको ‘कालीगण्डकी बचाऔँ अभियान’ले कवितामार्फत राज्ययन्त्र र दोहनकारीमाथि खबरदारी सुरु गरेको हो ।
कविका कालीगण्डकी पक्षधर रचनालाई अभियानले ‘नदी सप्तक’ कृतिमा सङ्ग्रहित गरिने जनाएको छ । अभियानकर्मी आरके अदिप्त गिरीले देशभरका स्रष्टाका प्रत...