कालीगण्डकी संरक्षणका लागि कविता आह्वान

काठमाडौं :  ‘कालीगण्डकी बचाऔं अभियान’ले नदी संरक्षणमा बल पुग्ने भावका कविताको लागि स्रष्टाहरूलाई आह्वान गरेको छ। कालीगण्डकी नदीको दोहन भइरहेको र अर्कोतिर सरकारले कालीगण्डकी डाइभर्सनका नाममा नदीको प्राकृतिक मार्ग नै परिवर्तन गर्न खोजिरहेकाले त्यसको विरोधमा कविता लेखन आह्वान गरिएको हो।नदीको सभ्यता नामेट पार्न खोजिएको विरोधमा लामो समयदेखि नदी बचाउ अभियान जारी छ। यसै सन्दर्भमा अभियानले कविहरूलाई ऐक्यवद्धताका लागि कविता लेखेर पठाउन आग्रह गरेको कालीगण्डकी बचाऔं अभियानका अभिय