काली नदी संरक्षणका लागि पोस्टर कविता आन्दोलन

काठमाडौं : काली गण्डकी बचाऔँ अभियानले कविता शृङ्खला ‘नदी सप्तक’ सुरुआत गरेको छ। अभियानले काली गण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रुपमा अनलाइन सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत शृङ्खलाबद्धरुपमा सम्प्रेषण गर्न थालेको हो।अभियान कालीगण्डकी नदीमाथि भइरहको अवैध दोहनविरुद्ध सङ्घर्षरत छ। राष्ट्रकवि माधवप्रसाद घिमिरेले वि.सं. २०१५ मा लेखेको कविता ‘काली गण्डकी’बाट ‘नदी सप्तक’ कविता शृङ्खला सुरुवात गरिएको अभियानकर्मी आरके अदिप्त गिरीले बताए। मन्दक