‘कालीगण्डकी’माथि सय कविता : नदी भञ्जकहरुलाई एउटा यक्ष प्रश्न, के नदी सकिँदा तिमीहरुचाहिँ बाँच्छौ र ?

बागलुङ : मध्यनेपालको प्रमुख नदी प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ। तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले शतक शृङ्खला पार गरेको हो।  ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृङ्खला सुरु गरेको थियो। …