काठमाण्डाै - बिरामी नपरि अस्पताल जाने रहर कस्लाई होला र त्यसमाथि देशको सरकारी अस्पतालको सेवा सम्झँदै सद्दे मानिस नै बिरामी हुने अवस्था छ । यहाँका अस्पतालले दिने सेवाले बिरामीलाई दिने दुःख त छँदैछ । बिरामीसँगै जाने कुरुवा र साथीलाई पनि दिक्दार लगाउँछन् । यसकारण बिरामी र जाने साथी दुवैको लागि सरकारी अस्पताल टाउको दुखाइको विषय बन्ने गरेको छ । यसमा देशकै जेठो वीर अस्पताल कसरी अछुतो रहला र ।
पहिले पहिले गाडीमा महाङ्काल मन्दिर पुगेपछि आउने शौचालयको दुर्गन्धले वीर अस्पताल आइपुग्यो भनेर थाहा हुन्छ, सोध्नु पर्दैन भन...