काठमाडौं, ६ चैत। नवनिर्वाचित उपराष्ट्रपति रामशहायप्रसाद यादवले आज पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित एक समारोहबीच उपराष्ट्रपतिलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपतिले पद तथा गोपनियताको शपथ लिएका हुन्। यादव चैत्र ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए।