काठमाडौं। लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपतिको रूपमा पद तथा गोपनियताको शपथ लिएका छन्। तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज वामपन्थी नेताको रुपमा चिनिन्छन्। उनले यसअघि सन् २००३ र २०१० मा देशको नेतृत्व गरेका थिए । अक्टोबरमा भएको चुनावमा उनले बहालवाला राष्ट्रपति जैर बोल्सोनारोलाई हराएका हुन्। ब्राजिलको राजनीतिले आर्थिक वृद्धि गर्नुपर्ने समाजवादी वाम राष्ट्रपति लुलाका लागि चुनौती रहेको छ।