काठमाडौं रेजर्स फाइनलमा

ललितपुर सिटी फुटबल क्लबलाई पराजित गर्दै काठमाडौं रेजर्स फुटबल क्लब  नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै काठमाडौं उपाधि नजिक पुगेको हो ।  अब काठमाडौंले पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गरेको टोली धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले दुई गोल गरे । मेसौके जारी प्रतियोगितामा सर्वाधिक ७ गोल गर्ने खेलाडी पनि भएका छन् । यस्तै स्टेफेन बिनोङले काठ...

सम्बन्धित सामग्री

डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स बाहिरियो, ललितपुर सिटी दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग २०२३ डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।  अब फाइनल प्रवेशका लागि ललितपुर सिटीले बिहीबार...

नेपाल सुपर लिग प्लेअफ चरणमा प्रवेश, यस्तो छ फाइनल पुग्ने समीकरण

देशका विभिन्न शहरहरूलाई प्रतिनिधित्व गर्ने नौ फ्रेन्चाइजी टोलीबीचको प्रतिस्पर्धाबाट पोखरा थन्डर्स, धनगढी एफसी, काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्लेअफमा पुगेका छन् ।

काठमाडौं रेजर्स : यात्रा ऐतिहासिक नेपाल सुपर लिग उपाधिको

एमएडब्ल्यूको खेलमार्फत युवाको विकासको लागि चाहना  सदैब  थियो । सधै खेलहरूमा लगानी गर्न अवसर खोज्दै  थियो । एमएडब्ल्यूले, विशेष गरी यामाहा मार्फत नेपालले फुटबलको विकासमा लगानी गरिरहेको छ । एमएडब्ल्यूको  एन्फासँग एक  समझदारी छ जसले खेलाडीहरूको उच्च  प्रदर्शनलाई उत्प्रेरित गर्दछ । यामाहा नेपालले लिग तथा एन्फा द्वारा मान्यता प्राप्त टूर्नामेंटहरूमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई  मोटरसाइकल प्रदान गर्दै आएको छ  । यामाहा नेपालले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि ए...

काठमाडौं रेजर्स बन्यो नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।निकै रोमाञ्चक बनेको खेलमा शनिबार धनगढी एफसीलाई १–० ले पराजित गर्न विदेशी खेलाडी मेसौके ओलोमोउकोले गरेको गोल  निर्णायक रह्यो । मेसौकेले

काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले १–१ गोल गरे भने चितवनका राजीव लोप्चनले […]

सुपर लिगको प्ले अफमा काठमाडौं रेजर्स

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शिर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे भने चितवनका राजिव लोप्चनले सान्तोना गोल फर्काएका थिए ।पराजय सँगै चितवन जारी प्रतियोगितामा जित विहिन हुँदै बाहिरिएको छ । ६ खेलबाट २ खेलमा मात्र बराबरी खेलेको चितवनले बाँकी

काठमाडौं रेजर्स प्ले अफका लागि छनोट

काठमाडौं रेजर्स नेपाल सुपर लिग(एनएसएल) फुटबल प्रतियोगिताको प्ले अफका लागि छनोट भएको छ । बिहीबार अबेर साँझ सम्पन्न अत्यन्त रोमाञ्चक स्पर्धामा काठमाडौंले बिराटनगरमाथि ५–४ को जित हात पार्यो । पहिलो हाफमा २–० को अवस्थामा रहेको बिराटनगरले अग्रता जोगाउन नसक्दा काठमाडौंबाट हार बेहोर्दै एक खेल अगावै प्ले अफमा पुग्ने सम्भाबना खेर फाल्यो ।

विराटनगरलाई ५-४ ले हराउँदै काठमाडौं रेजर्स प्लेअफमा

काठमाडौं। मेसोउके ओलोमोउको ह्याट्रिकबाट काठमाडौं रेजर्सले विराटनगर सिटीलाई ५-४ ले हराउँदै नेपाल सुपर लिगको प्लेअफमा स्थान बनाएको छ। काठमाडौंका ओलोमोउबाहेक स्टेफन विनोङ र छिरिङ गुरुङले गोल गरे। विराटनगरका पेड्रो मान्सीले दुई तथा एडेलाजा सोमिडे र रञ्जित धिमालले एक-एक गोल गरे। काठमाडौंले पाँच खेलबाट १० अंक जोडेको छ भने सात अंकसहित तेस्रो स्थानमा रहेको विराटनगरको प्लेअफ सम्भावना कायमै छ।

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चौंथो चरणको अन्तिम एक खेल हुँदैछ। आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।  ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीन मध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो।४ अंकमा तालिकाको पाँचौं स्

एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स बराबरीमा रोकिएका छैन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा रोकिएका हुन्। दुबै टोलीले खेलका क्रममा राम्रा अवसर बनाए पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए। समान ३ खेल खेलेका पोखरा…