काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा

चितवन एफसीमाथि जित निकाल्दै काठमाडौं रेजर्स तालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको प्ले अफमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्ले अफमा प्रवेश गरेको हो । काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले १–१ गोल गरे भने चितवनका राजीव लोप्चनले […]

सम्बन्धित सामग्री

काठमाडौंलाई बदला लिने अवसर : RajdhaniDaily.com -

RajdhaniDaily.com | खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी सिटी -

फाइनलमा पुग्न काठमाडौं र धनगढी भिड्दै

नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज कप फुटबल प्रतियोगिताको फाइनलका लागि काठमाडौं र धनगढीबीच आज स्पर्धा हुँदैछ । प्ले अफको शीर्ष दुई स्थानमा रहेको दुबै टोलिमध्येको विजेता फाइनलमा स्थान सुनिश्चित गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि दुबै टोलिले पहिलो प्ले अफ खेल्नेछ । लिगको छ खेलमध्ये चारमा जित हात पारेको काठमाडौं रेजर्स १३ अङ्कसहित शीर्ष स्थानमा छ । धनगढी एफसी भने छ मध्ये तीन खेलमा जित, एक बराबरी र दुईमा हार बेहोरेर दश अङ्कसहित दोस्रो स्थानमा छ ।

काठमाडौं र धनगढीको फाइनल पुग्ने लक्ष्य

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को प्ले अफका खेल आज सुरु हुँदैछन् । मंगलबार हुने पहिलो खेलमा काठमाडौं रेजर्स र धनगढी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो प्लेअफको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । फाइनल पुग्ने लक्ष्यसहित दुवै टिम आजको खेलमा मैदान उत्रनेछन् ।   शीर्ष स्थानमा रहँदै...

नेपाल सुपर लिगको पहिलो प्लेअफ आज, विजेता टिम फाइनलमा पुग्ने

काठमाडौं : नेपाल सुपर लिग फुटबलमा आज प्लेअफको पहिलो खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढीले प्रतिस्पर्धा गर्दैछन्। शीर्ष स्थानमा रहँदै प्लेअफ प्रवेश गरेको काठमाडौंले लिग चरणमा ६ मध्ये ४ मा जित र एकमा बराबरी खेल्दै १३ अंक जोडेको थियो। धनगढीले ६ खेलबाट ३ मा जित र १ मा बराबरीको नतिजा निकालेर १० अंक जोडेको छ। आजको खेलमा जित निकाल्ने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने ललितपुर र बुटवल लुम्बिनी बीचको विजेतासँग इलिमिनेटे

काठमाडौं शीर्ष स्थानमा रहँदै एनएसएलकाे प्ले अफमा

काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को लिग चरणका खेलहरू समाप्त भएका छन् ।  आइतबार भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्स एफसी चितवनलाई पराजित भएको हो । काठमाडौंले शीर्ष स्थानमा रहदै एनएसएलको प्ले अफमा प्रवेश हो । काठमाडौंले एफसी चितवनलाई २–१ गोल अन्तरले पराजित गर्दै प्ले अफमा...

शीर्ष स्थानमा पुग्न काठमाडौंले बाहिरिसकेको चितवनको सामना गर्दै

नेपाल सुपर लिग(एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता अन्तगर्त लिग चरणको अन्तिम खेलमा आज काठमाडौं रेजर्सले एफसी चितवनको सामना गर्दैछ । काठमाडौं रेजर्स प्ले अफमा पुगिसकेको छ । एफसी चितवन भने प्रतियोगिताबाट बाहिरिसकेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा साँझ साढे पाँच बजेपछि काठमाडौंले चितवनको सामना गर्नेछ । काठमाडौं अङ्क तालिकाको हाल दोस्रो स्थानमा छ । पाँच मध्ये तीन खेलमा जित हात पारेको काठमाडौंले तालिकाको शीर्ष स्थानमा पुग्न आज चितवनसँगको स्पर्धा महत्वपूर्ण हुनेछ । शीर्ष स्थानमा रहेको धनगढी र दोस्रो स्थानको काठमाडौंको समान दश अङ्क छ । काठमाडौंले चितवनसँग बराबरी मात्रै खेलेको अवस्थामा समेत ऊ धनगढीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिनेछ ।

एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स भिड्दै

काठमाडौं : काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चौंथो चरणको अन्तिम एक खेल हुँदैछ। आज बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्स प्रतिस्पर्धा गर्नेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ।  ५ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको बुटवल आजको खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ। जारी प्रतियोगिताको एक मात्र अपराजित टोली बुटवलले सुरुवाती तीन मध्ये २ खेलमा बराबरी र एक खेलमा जितको नतिजा हात पारेको थियो।४ अंकमा तालिकाको पाँचौं स्

नेपाल सुपर लिग : काठमाडौं रेजर्स र पोखरा थन्डर्सको निरस बराबरी

नेपाल सुपर लिगमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले शुक्रबार गोलरहित बराबरी खेलेका छन् । दुवै टिमसामू यो खेल जितेर शीर्ष स्थानमा उक्लने अवसर थियो । तर त्यसमा दुवै टिम चुके ।

शीर्ष स्थान पुग्ने दाउमा पोखरा र काठमाडौं

काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।