नागरिक आन्दोलनप्रति दमनको प्रलेससम्बद्ध लेखक–साहित्यकारद्वारा भत्र्सना तथा ऐक्यबद्धता

काठमाडौँ । नागरिक आन्दोलनमाथि प्रहरी दमनको प्रगतिशील लेखक सङ्घसम्बद्ध ५१ जना लेखक–साहित्यकारद्वारा भत्र्सना तथा ऐक्यबद्धता प्रकट गरिएको छ । प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष गोपीरमण उपाध्याय, महासचिव समीर सिंह, पूर्व अध्यक्षहरू मातृका पोख्रेल, डा. अमर गिरीसहित ५१ जना लेखक–साहित्यकारहरूले नागरिक आान्दोलनमाथि प्रहरी दमनको भत्र्सना गर्दै सो आान्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिएको हो । २०७७ माघ १३ गते जारी प्रेसवक्तव्यमार्फत उनीहरूले यस्तो अभिव्यक्ति दिएका हुन् । प्रेसवक्तव्यमा भनिएको छ- “वर्तमान ओली सरकारको प्रतिगमनकारी कदमका विरुद्ध सडकमा आन्दोलन चर्किदै गैरहेको सन्दर्भमा हिजो माघ १२ गतेका दिन नागरिक आन्दोलनमाथि एकदमै अमानवीय प्रकारले प्रहरी हस्तक्षेप भएको छ । कैयौँ आन्दोलनकारीहरू गम्भीर घाइतेसमेत हुनुभएको छ । हामी निम्न प्रगतिशील लेखकहरू सरकारको उक्त हस्तक्षेपको भत्र्सना गर्दैै घाइते आन्दोलनकारीहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा नागरिक आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ ।” प्रलेससम्बद्ध ५१ जना लेखक–साहित्यकारहरूको नामावली यस्तो रहेको छ– १. गोपीरमण उपाध्याय, उपाध्यक्ष २. समीर सिंह, महासचिव ३. प्रकाश थापामगर, सचिव ४. बाबुराम आचार्य, सचिव ५. मातृका पोखरेल, सल्लाहकार ६. अमर गिरी, सल्लाहकार ७. रामप्रकाश पुरी, सल्लाहकार ८. डा. बिन्दु शर्मा, सल्लाहकार ९. प्रा.डा. श्रीधर गौतम, सल्लाहकार १०. डा. कृष्णराज अधिकारी, सल्लाहकार ११. आरएम डङ्गोल, सल्लाहकार १२. मिश्र बैजयन्ती, सल्लाहकार १३. डा. पुष्करराज भट्ट, सल्लाहकार १४. इन्द्र रेग्मी, सल्लाहकार १५. भेषमान गिरी, सल्लाहकार १६. डा. गोविन्द आचार्य, सल्लाहकार १७. तेजेन्द्र प्रसाई, सल्लाहकार १८. झगिन्द्र ढकाल पारस, सचिवालय सदस्य १९. शालिकराम तिमिल्सिना, सचिवालय सदस्य २०. गिरिप्रसाद बुढा, सचिवालय सदस्य २१. जनक रसिक, सचिवालय सदस्य २२. जगत प्रसाद रेग्मी, केन्द्रीय सदस्य २३. इन्द्र लामा, केन्द्रीय सदस्य २४. नारायण मरासिनी, केन्द्रीय सदस्य २५. बम बानिया, केन्द्रीय सदस्य २६. नरेश न्यौपाने, केन्द्रीय सदस्य २७. मिन राना, केन्द्रीय सदस्य २८. मधुकुमार क्षेत्री, केन्द्रीय सदस्य २९. राममणि ढुङ्गेल, केन्द्रीय सदस्य ३०. राजेश विक, केन्द्रीय सदस्य ३१. प्रदीप प्रधान, केन्द्रीय सदस्य ३२. जीवन शाही, केन्द्रीय सदस्य ३३. ताराप्रसाद शर्मा, केन्द्रीय सदस्य ३४. कमल कार्की, केन्द्रीय सदस्य ३५. पुरु लम्साल, केन्द्रीय सदस्य ३६. बोधकुमार घिमिरे, परिषद् सदस्य ३७. सुवास खनाल, परिषद् सदस्य ३८. ताराबहादुर बुढाथोकी, परिषद् सदस्य ३९. कौशिला रिसाल, परिषद् सदस्य ४०. सुभास जिसी, परिषद् सदस्य ४१. हेमराज आश्रम, परिषद् सदस्य ४२. विजय राणा, परिषद् सदस्य ४३. बिनु केसी, परिषद् सदस्य ४४. केशवनाथ योगी, परिषद् सदस्य ४५. राम बसु, ...

सम्बन्धित सामग्री

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन मन्त्री आचार्यको आग्रह

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन सरोकार भएका पक्षलाई आग्रह गरेका छन्।मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आचार्यले नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म व्यक्ति, परिवार, नागरिक समाज, सङ्घ संस्थालगायतका सरोकार भएका पक्षलाई सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गरी अभियानलाई ऐक्यबद्धता जनाउन आग्रह गरेका हुन्।मन्त्री आचार्यले अभियानलाई व्यापक रुपमा सञ्चालन गर्न सातै प्रदेशमा प्र

नागरिक अगुवा पाण्डे र पहाडीले गृहमन्त्रीलाई भने- हाम्रो साथ छ

३ जेठ, काठमाडौं । नागरिक अगुवाद्वय डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेका छन् । उनीहरूले मंगलबार गृहमन्त्री श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको कदममा ऐक्यबद्धता जनाएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारको एक्सनलाई समर्थन र बधाई दिंदै उनीहरूले थप अपेक्षाका साथ नागरिक खबरदारीसमेत गरेका थिए । गृहमन्त्रीको सचिवालयका अनुसार दुवै जनाले सरकारको पछिल्लो […]

महावीर पुनको आन्दोलनमा गोविन्द केसीको ऐक्यबद्धता

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा चलिरहेको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन्। आविष्कारको क्षेत्रलाई उकास्न सरकार गम्भीर हुनुपर्ने माग राख्दै पुनले थालेका आन्दोलनमा विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाले साथ दिएका छन् । यसअघि चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक अनसन बसेका केसी आइतबार पुनको धर्नामा साथ दिन माइतीघर […]

ऐक्यबद्धता जनाउन गएका ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघरमा पुगेका शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नै नाराबाजी गरेका हुन् । आफूहरुले नागरिक आन्दोलन गरेको, राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने मिटरब्याज पीडितहरुले बताए । बिहान टंगालमा धर्ना दिन पुगेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर […]

शंखरापुरको आन्दोलनमा बृहत् नागरिक आन्दोलनको ऐक्यबद्धता

काठमाडौँ । शंखरापुर नगरपालिका वडा नं ३ बोझेनीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको विद्युतीय सबस्टेसनले विकासका नाममा जनताको थातथलो र आदिभूमि अतिक्रमण गरेको विरोधमा स्थानीय जनताले गरिरहेको आन्दोलनप्रति बृहत् नागरिक आन्दोलनले ऐक्यबद्धता जनाएको छ

डा.केसीको अनसनप्रति नागरिक आन्दोलनको ऐक्यबद्धता

बृहत् नागरिक आन्दोलनले डा.गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले केसीको अनसनप्रति सक्रिय ऐक्यबद्धता रहेको जनाएको हो ।ऐक्यबद्धताका लागि बृहत् आन्दोलनले असोज ८ गते शनिबार १२ बजे पेशाकर्मी समूह, परिवर्तनकामी शक्ति र नागरिकलाई माइतीघर मण्डलामा भेला हुन अपिल गरेको छ । २०६१ सालयता चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै डा.अनसनरत छन् । विगतका सरकारहरुले केसीसँग बारम्बार सहमति गर्ने गरेपनि कार्यान्वयन हुने गरेको छैन ।

नागरिक अगुवाहरुले सिंहदरबारमा धर्ना दिने

स्वास्थ्य क्षेत्रमा देखिँदै गएको बेथिति र दुरावस्थाविरुद्ध आइतबार नागरिक अगुवाहरुले सिंहदरबार धर्ना दिने भएका छन् । करिब एक महिनादेखि धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चलिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने उद्धेश्यले बृहत नागरिक आन्दोलनको अगुवाईमा सिंहदरबारमा धर्ना दिन लागिएको हो ।शनिबार बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा आइतबार ११ बजे धर्ना कार्यक्रममा उपस्थित हुन सबैलाई आह्वान गरिएको छ । विज्ञप्तिमा सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन चौथो सा

नागरिक आन्दोलनप्रति राष्ट्रिय जनमोर्चाको ऐक्यबद्धता

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नागरिक समाजको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ । गत माघ १२ गते नागरिक समाजको आन्दोलनमा भएको प्रहरी दमनको विरोध गर्दै राजमोले ऐक्यबद्धता जाहेर गरेको हो । राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०७७ माघ १४ गते प्रसारित प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ । नागरिक समाजका घाइते आन्दोलनकारीको निःशुल्क उपचारसमेतको माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “संसद विघटनका विरुद्ध माघ १२ गते बालुवाटारमा भएको नागरिक आन्दोलनमा प्रहरीले लाठीचार्ज र पानीका फोहरा हानेर कडा दमन गरेको छ । आन्दोलनमा सहभागी केही व्यक्तिहरू घाइते भएका छन् । हामी शान्तिपूर्ण नागरिक आन्दोलनमा भएको प्रहरी दमनको विरोध र भत्र्सना गर्दछौँ । घाइतेहरूको निःशुल्क उपचारको माग गर्दछौँ । नागरिकको शान्तिपूर्ण विरोध गर्न पाउने अधिकारलाई नियन्त्रित गर्ने सरकारी क्रियाकलाप बन्द गर्न चेतावनी दिन चाहन्छौँ । प्रतिगमनका विरुद्धमा २०६३ सालमा भएको आन्दोलनमा नागरिक आन्दोलनको पनि योगदान रहेको छ । केपी शर्मा ओलीको संसद विघटनका विरुद्धमा धेरै राजनीतिक दलहरूले आन्दोलन गरिरहेका छन् । विगत केही समयदेखि नागरिक समाजको पनि आन्दोलन चलिरहेको छ । ओलीको असंवैधानिक कदमका विरुद्ध नागरिक आन्दोलनको ठुलो महत्त्व छ । नागरिक आन्दोलनप्रति हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले ऐक्यबद्धता प्रकट गर्दछ ।”