लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन मन्त्री आचार्यको आग्रह

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन सरोकार भएका पक्षलाई आग्रह गरेका छन्।मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आचार्यले नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म व्यक्ति, परिवार, नागरिक समाज, सङ्घ संस्थालगायतका सरोकार भएका पक्षलाई सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गरी अभियानलाई ऐक्यबद्धता जनाउन आग्रह गरेका हुन्।मन्त्री आचार्यले अभियानलाई व्यापक रुपमा सञ्चालन गर्न सातै प्रदेशमा प्र

सम्बन्धित सामग्री

महिलाको सबलीकरण

हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर नै मनाइने गरिन्छ । लैङ्गिक हिंसाविरुद्धको अभियानको यस वर्षको नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । नेपालमा विसं २०५४ देखि निरन्तर रूपमा लैङ्गिक हिंसाविरुद्धका विविध सचेतनामूलक कार्यक्रम गरी मनाउन थालिएको छ । हाम्रा समाजमा घट्ने महिला हिंसा अन्त्यका लागि प्रत्येक नागरि

लैङ्गिक हिंसा न्यूनीकरण गर्न आर्थिक रूपमा सबल बन्नु पर्छ

लैङ्गिक हिंसा न्यूनीकरण गर्न महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउनुपर्ने धारणा सार्वजनिक भएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत तानसेनमा आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् । सहभागीहरूले महिलालाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन सके मात्र महिलामाथि हुने सबै किसिमका हिंसाका घटना नहुने बताएका छन् । पीडितले सामाजिक अपहेलनाका कारण हिंसाका घटनालाई बाहिर ल्याउने अवस्था नरहेको भनाइ महिला अधिकारकर्मीको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

लैङ्गिक हिंसाका गतिविधि नियन्त्रण गर्ने अभियानस्वरुप लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरिएको हो । विश्वव्यापीरूपमा २५ नोभम्बरदेखि १० डिसेम्बरसम्म मनाइने यो अभियान नेपालमा विसं २०५४ देखि मनाउन थालिएको थियो ।अभियान अवधिमा राष्ट्रिय महिला आयोगले मङ्सिर ९ मा लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको थियो भने मधेस प्रदेशमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी दुईदिने कार्यशाला आयोजनालगायतका काम गरेको थियो ।साथै रेडियो नेपाल र नेपाल टेलिभिजनबाट लैङ्गिक हिंसा निवारण र महिला सशक्तीकरणसम्बन

लैंगिक हिंसाविरुद्धको कानुनमा के छ ? थाहा पाइराखे राम्रो

अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ देखि डिसेम्बर १०) चलिरहेको छ । यसको नारा छ— घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौँ । लैङ्गिक हिंसा भन्नाले सार्वजनिक वा निजी जीवनमा लिङ्गको आधारमा कसैप्रति, शारीरिक, मानसिक वा यौजजन्य क्षति वा पीडा पुर्‍याउने कार्यहरूलाई जनाउँछ । लिङ्गको आधारमा ह…

‘लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषकाे बराबर सक्रियता आवश्यक’

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।  आज आइतवार सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले काठमाण्डाैमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुष दुवैको बराबर सक्रियता आवश्यक रहेको बताउनुभएको हो । उहाँले लैङ्गिक हिंसा उन्मूलन गर्न महिला र पुरुषको सक्रियता बराबर हुनुपर्ने कुरालाई आत्मसाथ गरेर अघि बढे मात्रै सभ्य समाज...

चेतनामुलक सन्देशका साथ मनाइयो लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

काठमाण्डाै - लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आज सकिएको छ । गएको वर्ष जस्तै भव्य र्याली सभा समारोह नभए पनि महिलाका क्षेत्रमा काम गर्ने संघसस्थाले सचेतनामुलक सन्देशका साथ यो अभियान मनाएका हुन्। ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ नोभेम्बर २५ अथवा मंसिर १० गते...