अवैध क्रिप्टोकरेन्सीको कारोबार बढेको भन्दै राष्ट्र बैंकले दियो चेतावनी

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी भएको जनाएको छ । यस्तो करेन्सीको कारोबार गरे कानुनअनुसारको कारबाही हुने चेतावनी राष्ट्र बैंकले दिएको छ ।

सम्बन्धित सामग्री

भारतले डिजिटल मुद्रा निस्कासन गर्दा नेपालमा कस्तो प्रभाव ?

नेपालमा डिजिटल कारोबारले कानूनी मान्यता पाएको छैन । राष्ट्र बैंकले अवैध कारोबार मान्दै कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । संलग्न केहीलाई प्रहरीले कारबाहीसमेत गरिसकेको छ ।

आईएमएफले अल सल्वाडोरलाई भन्यो : बिट्क्वाइनलाई कानूनी मुद्राको जिद्धी छोड

माघ १६, काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मध्य अमेरिकी देश अल सल्वाडोरलाई भर्चुअल मुद्रा बिट्क्वाइनलाई कानूनी मुद्राको दर्जा  कायम राख्ने जिद्धी छोड्न आग्रह गरेको छ । आईएमएफले भनेको छ - बिट्क्वाइन काफी उतारचढ़ाव हुने खालको क्रिप्टोकरेन्सी हो। अल सल्वाडोरको सरकारले इलेक्ट्रोनिक वालेटलाई मुलुकभर अपनाउन आफ्ना नागरिकलाई भनेको छ ।आईएमएफले इलेक्ट्रोनिक वालेटसँग सम्वन्धित् नियमनमा कडा नियम पालन गर्न पनि उसलाई भनेको छ ।   आईएमएफले जारी गरेको बयानमा क्रिप्टोकरेन्सीको कानूनी मुद्राको रुपमा स्वीकार गर्न सकिन्छ तर यसले वित्तीय तथा बजार इमान्दारीमा ठूलो जोखिम सृजना गर्दछ भनिएको छ ।साथै आईएमएफले यसबाट वित्तीय स्थिरता तथा  उपभोक्ता सुरक्षाको खतरा रहन्छ । अल सल्वाडोर सरकारले अमेरिकी डलरको अलावा बिट्क्वाइनलाई कानूनी मुद्राको रुपमा गत साल मन्जूरी दिएको थियो । गत साल नोभेम्वरमा बिट्क्वाइन ६८ हजार ७८९ दशमलव ६३ डलर प्रतियूनिटको साथ उच्चस्तरमा रहेको थियो । तर पछि यसको मूल्यमा लगातार गिरावट भइरहेको छ । अमेरिकी फेडको तर्फबाट मार्चमा ब्याज दरमा बढ़ोतरी हुने सम्भावनाका कारण गत सप्ताहदेखि यो ५० प्रतिशतभन्दा बढीले घटेर ३३ हजार १८४ दशमलव शून्य ६ डलर प्रतियूनिटको न्यूनस्तरमा पुगेको थियो ।  गत वर्षको जुनमा अल साल्भाडोर बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वको पहिलो देश बनेको थियो । तर सेप्टेम्बरमा यहाँका हजारौं जनताले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिंदा अस्थिरता हुन सक्ने भय व्यक्त गर्दै सो कानूनको विरोध गर्दै सडकमा प्रदर्शन गरेका थिए । सरकारले बिट्क्वाइन वालेट पनि लञ्च गरेको छ । अल साल्भाडोरले डिजिटल एसेट पूर्वाधार कम्पनी ब्लकस्ट्रिमसँगको सहकार्यमा बिट्क्वाइन ऋणपत्र जारी गर्ने योजना पनि बनाएको छ । नेपालमा यसको कारोबार पूर्णत : अवैध, कारोबार गरे कडा कारवाही   अल सल्भाडोरले सबैभन्दा पहिले बिट्क्वाइन नामक भर्चुअल मुद्रालाई कानूनी मान्यता दिएको थियो । अहिले नेपाल,भारत चीन जस्ता दर्जनौं देशले अवैध भने पनि कतिपय देशहरुले भने यस्तो कारोबारलाई वैधानिक मानेका छन्। सन् २०११ मा एक डलरबाट शुरु भएको बिट्क्वाइनको कारोबार गत अक्टोबर महीनामा भने प्रतियुनिट ६६ हजार डलरभन्दा बढी पुगेको थियो । तर यसपछि यसको मूल्य लगातार घटिरहेको छ । नेपालका एक जना पूर्वगभर्नरले त भर्चुअल मुद्रा जुवा मात्रै होइन, घोर जुवा हो, यसले लोभले लाभ, लाभले विलापको अवस्था ल्याउँछ भनेका छन् । उनको विचारमा यस्तो कारोबारले मुद्रास्फीति बढाउने र वित्तीय अस्थिरता समेत ल्याउँछ । नेपालले यसको कारोबारलाई पूर्णत : अवैध मानेको छ ।  नेपाल राष्ट्र बैंकले यसअघि नै सूचना जारी गरेर यसको कारोबार गर्ने गराउनेलाई कडा कारवाही गर्ने चेतावनी दिइसकेको छ । उसले विदेशमा बस्ने नेपालीले समेत यस्तो कारोबार गर्न नपाउने भनिसकेको छ । नेपाल र विदेश जहाँ बसे पनि नेपालीलाई भर्चुअल मुद्रामा लगानी गर्न कानूनले प्रतिबन्ध लगाएको छ ।  एजेन्सीको सहयोगमा

क्रिप्टोकरेन्सीले थप्यो अर्थतन्त्रमा चुनौती

१४ माघ, काठमाडौं । भर्चुअल मुद्राका नाममा अवैध कारोबार बढेपछि नेपाल राष्ट्र बैंकले सूचना निकालेर त्यस्तो कारोबार नगर्न सचेत गरायो । नेपालमै वा विदेशमा बस्ने जो कोही नेपालीले यस्तो कारोबार गर्न नपाउने भन्दै राष्ट्र बैंकले कारबाहीको चेतावनी समेत दिएको छ । राष्ट्र बैंकले सूचना निकालेको तीन दिनपछि गत मंगलबार राजश्व अनुसन्धान विभागले अवैध विदेशी मुद्राको […]

विदेशी मुद्रामा ऋणको ब्याज बेञ्चमार्क ब्याजदरका आधारमा

काठमाडौं । बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म निर्यातका लागि विदेशी मुद्राको कर्जामा ब्याजदर निर्धारण गर्न लिने आधार ‘लाइबोर दर’लाई हटाएर ‘बेन्चमार्क ब्याजदर’ प्रयोग गर्न निर्देशन दिएको हो । नयाँ प्रावधानअनुसार बैंकहरूले तयारी पोशाक, गलैंचा, पश्मिना, हस्तकलालगायत वस्तु निर्यातकर्तालाई परिवत्र्य विदेशी मुद्रामा ‘प्रि–सिपमेन्ट‘ र ‘पोस्ट–सिपमेन्ट’ कर्जा प्रवाह गर्दा एकवर्षे बेन्चमार्क ब्याजदरमा १ दशमलव ७५ प्रतिशत थप गरी कर्जाको ब्याजदर निर्धारण गर्नुपर्नेछ । हालसम्म विदेशी मुद्राको ब्याजदर लाइबोर दरका आधारमा निर्धारण हुँदै आएको थियो । बैंकहरूले लिवर दरमा १ दशमलव २५ प्रतिशत थप गरी विदेशी मुद्राको कर्जाको ब्याजदर निधारण गर्दै आएका थिए । अन्तरराष्ट्रिय रूपमा लिवर दरको प्रयोग हट्दै गएकाले नेपालमा पनि यसलाई हटाइएको हो । यसबाट निर्यातयोग्य कर्जाको ब्याजदरमा भने प्रभाव नपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । निर्देशनअनुसार बैंकहरूले विदेशी मुद्रामा ऋण प्रवाह गर्दा जुन देशको मुद्रामा ऋण माग भएको छ । उक्त देशमा प्रचलित ओभर नाइट दरहरूलाई बेञ्चमार्क मान्नुपर्नेछ । अमेरिकी डलरमा ऋण दिँदा सेक्युयर्ड ओभरनाइट फाइनान्स रेट (एसओएफआर) यूरोका लागि स्टर्लिङ ओभरनाइट इन्टर बैंक एभरेज रेट, जापानी येनका लागि टोकियो ओभरनाइट एभरेज रेटलाई आधार मान्नुपर्नेछ । त्यस्तै कर्जा प्रदान गरेपछि बैंकहरूले राष्ट्र बैंकमा पुनर्कर्जा माग गरेमा असल कर्जाको तमसुकको धितो राखेर एकवर्षे ‘बेञ्चमार्क ब्याजदर’मा शून्य दशमलव ७५ प्रतिशत थप ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउनेछ । यसअघि लिवरदरमा शून्य दशमलव २५ प्रतिशत थप गर्ने व्यवस्था थियो । हाल कायम रहेको ऋण सम्झौतामा डिसेम्बरको अन्त्यपश्चात् ‘लिवर’ सट्टा फलब्याक प्रोभिजनिङको व्यवस्था गरिएको भए सोहीअनुसार कार्यान्वन गर्न र उक्त व्यवस्था नभएमा ऋणदाता र ऋणी दुवैको सहमतिमा लागतमा ५० बेसिस प्वाइन्ट थप गर्न सकिने व्यवस्था छ । अमेरिकी डलरमा अंकित ‘लिवर बेन्चमार्क ब्याजदर’ १ वर्षको अवधिको कायम भएको हकमा जुन ३० सन् २०२३ सम्म र यूरो र जापानी यानको हकमा ६ महीना अवधि भएको हकमा भने त्यसको भ्यालु डिसेम्बर ३१ सन् २०२२ सम्म हुने निर्देशनमा उल्लेख छ । क्रिप्टो कारोबार नगर्न चेतावनी नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलगायत डिजिटल मुद्रामा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । आइतवार सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्डमा लगानी तथा पिरामिड शैलीको नेटवर्क मोर्किटिङमा आबद्ध नहुन सचेत गराएको हो । भर्चुअल करेन्सीले नेपालको विनिमय कारोबारमा मान्यता नपाएको भन्दै त्यस्ता गैरकानूनी वित्तीय औजारमा लगानी र कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैध तरीकाले रकम विदेशिने हुँदा त्यस्तो कारोबारमा संलग्न नहुन सचेत गराउँदै कारोबार गरेको भेटिएमा ऐनअनुसार कारबाही हुने राष्ट्र बैंकले चेतावनीसमेत दिएको छ ।

नेटवर्किङ व्यवसायमा लगानी नगर्नू : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले नेटवर्किङ व्यवसायमा लगानी नगर्न चेतावनी आग्रह गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै हाइपर फण्ड, जोसियएल, क्राउड वन, सोलेम्याक्स जस्ता पिरामिड व्यवसायमा लगानी नगर्न आग्रह गरेको हो । नेटवर्किङ व्यवसाय गैरकानुनी भएको भन्दै राष्ट्र बैंकले त्यसमा लगानी नगर्न आग्रह गरेको छ । राष्ट्र बैंकले भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सीमा कारोबार नगर्न चेतावनी दिएको हो । नेपालमा क्रिप्टोकरेन्सी तथा नेटवर्किङ व्यवसायले मान्यता पाएको छैन । अवैध कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधान

क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुन्छ - राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ ।आज बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्न/नगराउन चेतावनी दिएको छ ।क्रिप्टोकरेन्सीको कारोबार गर्ने,  प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र बैंकले यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।  यस्ताे छ विज्ञप्ति–

क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूलाई राष्ट्र बैंकको कडा चेतावनी

डिजिटल मुद्राको नामा अवैध ‘क्रिप्टोकरेन्सी’ को कारोबारमा संलग्न विरुद्ध नियामक निकाय राष्ट्र बैंकले कडा चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा मुलुकमा डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को नाममा विभिन्न खालका अवैध मुद्राहरूको कारोबार गर्ने, प्रयोग गर्ने तथा माइनिङ्ग गर्ने र माइनिङ्ग गर्न अरुलाई प्रोत्साहन गर्ने सम्ममा गतिविधि बढेको पाइएको भन्दै बैंकले बिहीबार चेतावनी पूर्ण सूचना जारी गरेको हो ।यस्तो कार्य विदेशी विनिमय ऐन, २०१९ को विरुद्ध समेत रहेकाले सोही ऐन बमोजिम क्रिप्टोकरेन्सी प्रयोग न