चौथो पटक राष्ट्र बैंकले भन्यो : क्रिप्टो/भर्चुअल करेन्सी कारोबार गरेको पाइए कारबाही हुन्छ

नेपाल राष्ट्र बैंकले क्रिप्टो/भर्चुअल करेन्सीको कारोबार अवैध रहेको बताउँदै कसैको संलग्नता रहेकाे पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । क्रिप्टो कारोबार नगर्न सचेत गराउँदै राष्ट्र बैंकले चौथो पटक सूचना जारी गरेको हो । यसअघि २०७४ साउन ९ गते, २०७८ भदौ २४ गते र २०७८ माघ ९ गते सार्वजनिक सूचनामार्फत सचेत गराएको थियो ।

सम्बन्धित सामग्री

नेपालमा बसेर विदेशमा लगानी गरे कारबाही हुन्छ - राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले विदेशमा पैसा लैजानका लागि थप कडाइ गरेको छ । बैंकले आज शुक्रवार सूचना निकालेर विदेशमा कानुनले तोकेबाहेक कुनै पनि प्रकारको लगानी नगर्न आग्रह गरेको छ ।पछिल्ला दिनमा नेपाली नागरिकले विदेशका विभिन्न क्षेत्रमा लगानी गरिरहेको भन्ने आशयका समाचार एवम् विवरण सार्वजनिक भएपछि बैंकले विदेशमा पैसा नलैजान सचेत गराएको हो । विदेशमा घर जग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न, विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न सूचनामा उल्लेख छ । बैंकले तोकिदिएको...

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड जस्ता अनलाइन कोषमा लगानी नगर्न आग्रह गरेको छ।

भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ गैरकानुनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ अन्तर्गतको कारोबार गैरकानुनी भएको बताएको छ । नेपालमा विदेशी मुद्रा वा विनिमयको रूपमा यसले मान्यता नपाएकाले यस किसिमको कारोबार गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ । आइतबार राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै...

भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएमा कारबाही हुन्छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सीसम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने जनाएको छ । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ ।

भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएमा कारबाही हुन्छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सीसम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने जनाएको छ । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ ।

भर्चुअल वा क्रिप्टोकरेन्सी कारोबार गरेको पाइएमा कारबाही हुन्छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भर्चुअल तथा क्रिप्टोकरेन्सीसम्बन्धी कसैले कारोबार गरेको पाइएमा कारबाही गरिने जनाएको छ । छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल तथा क्रिप्टोकरेन्सीको कारोबार र त्यससँग सम्बन्धित हाइपर फन्डजस्ता कोषमा लगानी गर्न र गराउन प्रोत्साहन गर्ने गराउने गरेको सूचना पाइएको बैंकले जनाएको छ ।

आँधिखोला र धौलागिरि लघुवित्तलाई कारबाहीको चेतावनी, लिखित जवाफ माग

मर्जर सम्झौता गरेको २० महिना पुग्दा पनि कुनै निष्कर्षमा पुग्न नसकेपछि नेपाल राष्ट्र बैंकले आँधिखोला र धौलागिरि लघुवित्तलाई कारबाहीको चेतावनी दिएको छ। डी मर्जको अनुमति माग्दै दुवै सँस्थाले निबेदन दिएपनि उनीहरुले देखाएको कारणलाई लिएर असन्तुष्ट बनेको राष्ट्र बैंकले यस्तो चेतावनी दिएको हो। कुनै पनि हालतमा मर्जरमा जान नसकिने कारण सहित डीमर्ज चाहेका आँधिखोला र धौलागिरि लघुवित्तसँग राष्ट्र बैंकले लिखित जवाफ मागेको छ। मर्जरको सम्झौता गरेको लामो समय हुँदा पनि एकीकृत कारोबार गर्न नसकेको जवाफ पठाउन राष्ट्र बैंकले दुवै लघुवित्तलाई चिठी काटेको हो।  राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले १५ दिन भित्र जवाफ पठाउनलाई दुवै सँस्थालाई भदौमा चिठी काटेको हो। २०७६ पुष २ गते मर्जर सम्झौता सम्पन्न गरेका दुवै सँस्थाले लामो समयसम्म पनि मर्जरमा नजानुको स्पष्ट कारण बुझाउन नसकेपछि राष्ट्र बैंकले यसको जवाफ मागेको हो।    दुवै संस्थाले डीमर्जको अनुमती माग्दै राष्ट्र बैंकमा निवेदन दिएपछि डीमर्ज गर्नुपर्ने कारण माग्दै राष्ट्र बैकले उनीहरुलाई पत्र काटेको हो। उनीहरुले देखाएको डीमर्ज को कारणप्रति असन्तुष्टि देखाउंदै राष्ट्र बैंकले कारबाहीको चेतावनी सहित स्पष्ट जवाफ दिनलाई निर्देशनात्मक पत्र काटेको हो। दुवै लघुवित्तले दिएको डीमर्जको कारणमा राष्ट्र बैंक असन्तुष्ट रहेको र अहिले पनि सन्तोषजनक जवाफ नपठाए कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको स्रोतको दाबि छ। यो पनि: कहिले खुल्छ आँधिखोला लघुवित्तको सेयर कारोबार ?'दुवैले पठाएको डी मर्जको कारण हेर्दा जुँगाको लडाई देखिन्छ, यसैगरि जुँगाको लडाईमा अड्किएर सर्वसाधारणको सम्पति होल्ड गरिरहने हो भने त्यसले हाम्रो नियामकीय क्षमतामाथि प्रश्न उठ्न सक्छ, त्यसैले उचित कारण सहितको जवाफ नभए कारबाही गर्छौं भनेर पत्र काटेका छौँ' राष्ट्र बैंक स्रोतले बतायो।दुवै लघुवित्त स्रोतले पनि राष्ट्र बैंकले आफुहरुलाई पत्र काटेको स्विकार गर्दै  त्यसको जवाफ यहि भदौ १२ गते पठाई सकेको बताएका छन्। दुवै लघुवित्तले मर्जर हुन नसक्नुको कारणमा एक अर्काको कमजोरी देखाएका छन्। खास विवाद के हो ?मर्जर सम्झौता सम्पन्न गरेको २० महिना पछि डी मर्ज रोजेका दुवै लघुवित्तको अहिलेको मूल समस्या 'जुँगाको लडाई' देखिएको छ। बिभिन्न कारणले मर्जरमा जान नसक्ने निष्कर्षमा पुगेपनि आफ्नो गल्ति स्वीकार्न नसक्दा डी मर्ज मा समेत जानलाई राष्ट्र बैंकबाट अनुमति पाउन नसकेका हुन्।  मर्जको लागि दुवै लघुवित्तले १० लाख छुट्याएकोमा करिब ८ लाख रुपैयाँ प्रकृयामा खर्च भएको र उक्त खर्च कसले ब्योहोरने भन्ने बिषयलाई लिएर दुवै लघुवित्तबीचको 'झगडा' यथावत रहेको स्रोतको दाबि छ। जुन लघुवित्तले खर्च ब्योहोर्छ उसैको कमजोरी देखिने र राष्ट्र बैंकले पनि सोहि अनुसार कारबाही गर्ने दुवै लघुवित्तको बुझाई भएकाले डी मर्ज को प्रकृया झनै जटिल बनेको देखिन्छ। यद्दपी राष्ट्र बैंकले पछिल्लो समय पत्र काटेपछि आँधिखोला लघुवित्तले धौलागिरिलाई मर्जको प्रकृयामा लागेको खर्च संयुक्त रुपमा ब्योहोरने प्रस्ताव गरेको पाइएको छ।जुँगाको लडाईमा अल्झिदा सेयरको दोस्रो बजारमा सुचिकृत रहेको आधिखोला लघुवित्तको सेयरमा लगानी गरेका लगानीकर्ताको सम्पति झन्डै २० महिनादेखि 'होल्ड' भएको छ। यसले पनि आंधीखोला लघुवित्तमाथि थप जिम्मेवारी र दबाब बढेको छ। तर सेयरबजारमा सुचिकृत नभएको  राष्ट्रिय स्तरको धौलागिरि लघुवित्तले यसको फाइदा उठाउदै आँधिखोलालाई अप्ठ्यारोमा पार्ने काम गरेको आँधिखोलाको ठम्याई छ। त्यसैले लिखित जवाफमा चित्त नबुझाएको राष्ट्र बैंकले दुवै सँस्थाका संचालकलाई डाकेर ठाडो आदेश दिन सक्ने देखिन्छ।

क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार गर्नेलाई कारबाही हुन्छ - राष्ट्र बैंक

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले नेपालमा डिजिटल मुद्रा क्रिप्टोकरेन्सी अवैध रहेको भन्दै यसको कारोबार र प्रचारप्रसार नगर्न सचेत गराएको छ ।आज बिहीवार एक विज्ञप्ति निकालेर राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कारोबार र प्रचारप्रसार नगर्न/नगराउन चेतावनी दिएको छ ।क्रिप्टोकरेन्सीको कारोबार गर्ने,  प्रचारप्रसार गर्ने र प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र यस्ता कार्यबाट सर्वसाधारण ठगिएको भन्दै राष्ट्र बैंकले यस्ता गतिविधि गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।  यस्ताे छ विज्ञप्ति–

चालू आवमा ६ ओटा वाणिज्य बैंकलाई कारबाही

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ भर नीतिगत व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ ओटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले चालू आवमा कारबाहीमा परेका बैंकहरूबाट ८७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना गरेको छ । राष्ट्र बैंकले लक्ष्मी बैंक, सिभिल र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई आर्थिक जरीवाना गरेको छ भने ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण ऐन र निर्देशनहरूको उल्लंघन गरेको भन्दै लक्ष्मी बैंकलाई रू. २० लाख जरीवाना तिराएको छ । यस्तै, सिभिल बैंकलाई १० लाख रुपैयाँ बराबरको जरीवाना लगाएको छ । बैंकले गरेको कारोबार शंकास्पद देखिएर सम्पत्ति शुद्धीकरण ऐन तथा निर्देशन उल्लंघन गरेको देखिँदा पनि सम्बद्ध बैंकले केन्द्रीय बैंकमा रिपोर्टिङ गरेन भने जरीवाना तिराउने गरेको छ । यस्तो उल्लंघनको न्यूनतम जरीवाना रू. १० लाख रहेको छ । यसअवधिमा प्राथमिकता प्राप्त क्षेत्र कर्जा प्रवाहको तोकिएको सीमा पूरा नगरेका वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाहीको दायरामा ल्याएको छ । उक्त शीर्षकमा तोकिएको सीमा पूरा नगरेकाले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरीवाना तिराएको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई सचेत रहन चेतावनीसमेत दिएको छ । विभागले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठलाई समेत सचेत रहन भनेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार सजाय स्वरूप शुरूमा बैंकको नियमन उल्लंघन गरेमा सचेत गराउने वा लिखित चेतावनी दिन पाउने व्यवस्था छ । यसअनुसार सुपरिवेक्षणको क्रममा देखिएको कमजोरीलाई राष्ट्र बैंकले औंल्याएर पहिलो चरणमा आवश्यकताअनुसार सम्बद्ध संस्था तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गरिएको बैंक सुपरिवेक्षण विभागले बताएको छ । शुरूमा स्पष्टीकरण लिने र सकभर ठूलो कारर्बाही नगर्ने हिसाबले सचेत गराउने गरेको विभागको भनाइ छ । बैंकहरूले तोकिएको सीमाभित्र नरही अनिवार्य नगद मौज्दात (सीआरआर), ५ प्रतिशतसम्मको विपन्न वर्ग कर्जा, कृषि ऊर्जा, पर्यटनजस्ता प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा सीमा नपुर्‍याए बैंकहरूले लिने गरेको उच्चतम ब्याजदरको आधारमा नगद जरीवाना गर्ने गरिएको छ । नगदबाहेक सचेत तथा चेतावनी दिनेलगायत व्यवस्थासमेत भएकाले विभागले यसलाई अपनाएको बताएको छ । केन्द्रीय बैंकले आव २०७६/७७ मा दुईओटा वाणिज्य बैंकलाई कारर्बाहीसहित ३१ लख ४८ हजार रुपैयाँ बराबरको जरीवाना लगाएको थियो । मेगा बैंकले अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै केन्द्रीय बैंकले १ लाख ४८ हजार रुपैयाँको जरीवाना तिराएको थियो । सोही आवमा हिमालयन बैंकले सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गरेको भन्दै ३० लाख रुपैयाँ जरीवाना लगाएको थियो । नेपाल बंगलादेश बैंकको एक सदस्य र सीईओलाई सचेतसमेत गराइएको थियो । राष्ट्र बैंक ऐनले बैंकहरूलाई सजाय स्वरूप सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने समेत अधिकार दिएको छ । राष्ट्र बैंकले बारम्बार हुने उल्लंघन अन्त्य गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्न लिखित आदेश जारी गर्ने गरेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक वा वित्तीय संस्थालाई शेयर होल्डरलाई दिने लाभांशको वितरणमा प्रतिबन्ध लगाउन पनि सक्छ । अवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने निक्षेप वा दिन सक्ने कर्जामा प्रतिबन्ध लगाउने, कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउन र इजाजतपत्र निलम्बन वा रद्द गर्नसमेत सक्नेछ ।

सहकारीलाई कारबाही गरिएको होइन : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने अनुमति प्राप्त सहकारीलाई कारवाही नगरेको स्पष्ट पारेको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दै नीतिगत निर्णय अनुसार नियामकिय र सुपरिवेक्षकिय दायराबाट मात्र अलग गरिएको र कारवाही नगरिएको उल्लेख गरेको छ ।