नेपाल राष्ट्र बैंकले क्रिप्टो लगायत अन्य भर्चुअल करेन्सीको कारोबार अवैध रहेको बताउँदै कसैको संलग्नता रहेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ । क्रिप्टो कारोबार नगर्न सचेत गराउँदै राष्ट्र बैंकले पाँचौं पटक सूचना जारी गरेको हो । यसअघि २०७४ साउन ९ गते, २०७८ भदौ २४ गते, २०७८ माघ ९ गते, २०७९ साउन ३० गते सार्वजनिक सूचनामार्फत बैंकले सचेत गराएको थियो ।