विदेशी मुद्रामा ऋणको ब्याज बेञ्चमार्क ब्याजदरका आधारमा

काठमाडौं । बैंकहरूले निर्यातयोग्य उद्योगहरूलाई विदेशी मुद्रामा प्रदान गर्दै आएको कर्जाको ब्याज सम्बद्ध देशको बेञ्चमार्क ब्याजदरका आधारमा निर्धारण गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै हालसम्म निर्यातका लागि विदेशी मुद्राको कर्जामा ब्याजदर निर्धारण गर्न लिने आधार ‘लाइबोर दर’लाई हटाएर ‘बेन्चमार्क ब्याजदर’ प्रयोग गर्न निर्देशन दिएको हो । नयाँ प्रावधानअनुसार बैंकहरूले तयारी पोशाक, गलैंचा, पश्मिना, हस्तकलालगायत वस्तु निर्यातकर्तालाई परिवत्र्य विदेशी मुद्रामा ‘प्रि–सिपमेन्ट‘ र ‘पोस्ट–सिपमेन्ट’ कर्जा प्रवाह गर्दा एकवर्षे बेन्चमार्क ब्याजदरमा १ दशमलव ७५ प्रतिशत थप गरी कर्जाको ब्याजदर निर्धारण गर्नुपर्नेछ । हालसम्म विदेशी मुद्राको ब्याजदर लाइबोर दरका आधारमा निर्धारण हुँदै आएको थियो । बैंकहरूले लिवर दरमा १ दशमलव २५ प्रतिशत थप गरी विदेशी मुद्राको कर्जाको ब्याजदर निधारण गर्दै आएका थिए । अन्तरराष्ट्रिय रूपमा लिवर दरको प्रयोग हट्दै गएकाले नेपालमा पनि यसलाई हटाइएको हो । यसबाट निर्यातयोग्य कर्जाको ब्याजदरमा भने प्रभाव नपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । निर्देशनअनुसार बैंकहरूले विदेशी मुद्रामा ऋण प्रवाह गर्दा जुन देशको मुद्रामा ऋण माग भएको छ । उक्त देशमा प्रचलित ओभर नाइट दरहरूलाई बेञ्चमार्क मान्नुपर्नेछ । अमेरिकी डलरमा ऋण दिँदा सेक्युयर्ड ओभरनाइट फाइनान्स रेट (एसओएफआर) यूरोका लागि स्टर्लिङ ओभरनाइट इन्टर बैंक एभरेज रेट, जापानी येनका लागि टोकियो ओभरनाइट एभरेज रेटलाई आधार मान्नुपर्नेछ । त्यस्तै कर्जा प्रदान गरेपछि बैंकहरूले राष्ट्र बैंकमा पुनर्कर्जा माग गरेमा असल कर्जाको तमसुकको धितो राखेर एकवर्षे ‘बेञ्चमार्क ब्याजदर’मा शून्य दशमलव ७५ प्रतिशत थप ब्याजदरमा पुनर्कर्जा उपलब्ध गराउनेछ । यसअघि लिवरदरमा शून्य दशमलव २५ प्रतिशत थप गर्ने व्यवस्था थियो । हाल कायम रहेको ऋण सम्झौतामा डिसेम्बरको अन्त्यपश्चात् ‘लिवर’ सट्टा फलब्याक प्रोभिजनिङको व्यवस्था गरिएको भए सोहीअनुसार कार्यान्वन गर्न र उक्त व्यवस्था नभएमा ऋणदाता र ऋणी दुवैको सहमतिमा लागतमा ५० बेसिस प्वाइन्ट थप गर्न सकिने व्यवस्था छ । अमेरिकी डलरमा अंकित ‘लिवर बेन्चमार्क ब्याजदर’ १ वर्षको अवधिको कायम भएको हकमा जुन ३० सन् २०२३ सम्म र यूरो र जापानी यानको हकमा ६ महीना अवधि भएको हकमा भने त्यसको भ्यालु डिसेम्बर ३१ सन् २०२२ सम्म हुने निर्देशनमा उल्लेख छ । क्रिप्टो कारोबार नगर्न चेतावनी नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलगायत डिजिटल मुद्रामा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । आइतवार सूचना जारी गर्दै केन्द्रीय बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्डमा लगानी तथा पिरामिड शैलीको नेटवर्क मोर्किटिङमा आबद्ध नहुन सचेत गराएको हो । भर्चुअल करेन्सीले नेपालको विनिमय कारोबारमा मान्यता नपाएको भन्दै त्यस्ता गैरकानूनी वित्तीय औजारमा लगानी र कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैध तरीकाले रकम विदेशिने हुँदा त्यस्तो कारोबारमा संलग्न नहुन सचेत गराउँदै कारोबार गरेको भेटिएमा ऐनअनुसार कारबाही हुने राष्ट्र बैंकले चेतावनीसमेत दिएको छ ।

सम्बन्धित सामग्री

सांसद अमरेशकुमार सिंह भन्छन्, ‘देशमा मिटर, सेन्टिमिटर, मिलिमिटर ब्याज छ’

उनले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।...

अन्योलमा ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा

२६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकले निर्णय गरेर २०७५ मंसिरबाट सरकारले विभिन्न सात शीर्षकका कर्जामा ब्याज अनुदान दिने गरी सहुलियतपूर्ण कर्जा सुरु गर्यो । अहिले १० शीर्षकमा उपलब्ध हुँदै आएको ब्याज अनुदानको सहुलियतपूर्ण कर्जामा स्रोत भने अनिश्चित छ । सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान सम्बन्धी कार्यविधि २०७५ अनुसार २ खर्ब ५८ अर्ब ४७ करोड १६ लाख […]

बैंकले ब्याज वृद्धि तत्काल रोक्नुपर्छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले बैंकले जथाभावी ब्याज वृद्धि गरिरहेको चौतर्फी गुनासो आएको भन्दै ब्याज वृद्धि तत्काल रोक्नुपर्ने बताएका छन्। उद्योगी–व्यवसायीले सावा–ब्याज तिर्न नसक्दा समस्यामा परेको बताउँदै आएको जनाउँदै बैंकहरुले ब्याज वृद्धि गरिरहे...

बाँकेमा ब्याज तथा अनुदान रकम वितरण

यूवा तथा साना व्यावसायी स्वरोजगार कोषले बाँकेमा ब्याज तथा अनुदान रकम वितरण गरेको छ । बुधबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका ४ वटा सहकारीका १ सय ३७ जनालाई ब्याज अनुदान रकम हस्तान्तरण गरेका हुन् । बाँकेको कोहलपुरमा आयोजित ब्याज अनुदान वितरण कार्यक्रममा नेपालगन्जको गृहिणी बहुउद्देश्यीय सहकारी संस्था, राप्तीसोनारीको सिद्धेश्वर बहुउद्देश्यीय सहकारी संस्था तथा कोहलपुरका सृजना कृषि सहकारी संस्था र गंगा जमुना कृषि सहकारी संस्थामार्फत कर्जा लिएका १ सय ३७ जनालाई १८ लाख रुप

ब्याज अनुदानसम्बन्धी सम्झौता

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सिद्धार्थ बैंक लिमिटेडबीच कृषि कर्जामा ब्याज अनुदानसम्बन्धी कार्यक्रम सञ्चालन गर्न समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। चालु आर्थिक वर्ष २०७८/७९ मा प्रदेशका...

ब्याज दर वृद्धिमा राष्ट्र बैंकको अङ्कुश, कात्तिकको ब्याज दर संशोधन हुने

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याज दर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याज दर असाधारण रूपमा बढ्न नदिन निर्देशन जारी गरेको हो ।  केन्द्रीय बैंकले हिजाे मङ्गलवार जारी गरेको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याज दर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याज दरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्...

बैंकहरुबीच ब्याज बढाउने होडबाजी

मुलुकको आर्थिक अवस्थाको पछिल्लो चित्र वाणिज्य बैंकहरुले निक्षेपमा ब्याज बढाउने प्रतिस्पर्धाले नै देखाउँछ । मुलुकका २७ वाणिज्य बैंकमध्ये १७ वटाले ब्याज बढाएका छन् । कार्तिक १ गतेदेखि लागू हुने गरी एकवर्षे मुद्दतीको ब्याज १० प्रतिशतभन्दा बढी छ । आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकहरुले कर्जा प्रवाह गरेको तुलनामा निक्षेप संकलन न्यून छ । झण्डै दुई …

मेगा बैंकको मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज

मेगा बैंकले मुद्धती तथा बचत खातामा आकर्षक ब्याज दिने भएको छ । दसैंको बहार मेगा बैंकको उत्कृष्ट व्याजदर उपहार योजनाअन्तर्गत मुद्धती खातामा ९.५५ प्रतिशत ब्याज दिने भएको हो । त्यसैगरी बचत खातामा ६.०५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् ।बैंकले वार्षिक ब्याजदर ५.०५ प्रतिशतसम्म मासिक ब्याज प्राप्त हुने नयाँ बचत योजना थपेको छ । उक्त योजनामा […]

एनएमबि बैंकमा बचत गर्दा उच्च ब्याज पाइने

सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरेको जनाएको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको जनाएको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । “हाल […]

नबिल बैंकले निक्षेपकर्ताको ब्याज बढ्यो

नबिल बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याज दर बढाएको छ । बैंकले ६ महिनाभन्दा माथिको मुद्दति खातामा बार्षिक ७.५१ प्रतिशत ब्याज दिने जनाएको छ ।बैंकले यसअघि सात प्रतिशत ब्याज दिँदै आएकोमा अहिले बढाएको हो । छोटो अवधिको निक्षेपमा यो प्रचलित ब्याजमध्ये अधिकत हो । बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता […]