आईएमएफले अल सल्वाडोरलाई भन्यो : बिट्क्वाइनलाई कानूनी मुद्राको जिद्धी छोड

माघ १६, काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मध्य अमेरिकी देश अल सल्वाडोरलाई भर्चुअल मुद्रा बिट्क्वाइनलाई कानूनी मुद्राको दर्जा  कायम राख्ने जिद्धी छोड्न आग्रह गरेको छ । आईएमएफले भनेको छ - बिट्क्वाइन काफी उतारचढ़ाव हुने खालको क्रिप्टोकरेन्सी हो। अल सल्वाडोरको सरकारले इलेक्ट्रोनिक वालेटलाई मुलुकभर अपनाउन आफ्ना नागरिकलाई भनेको छ ।आईएमएफले इलेक्ट्रोनिक वालेटसँग सम्वन्धित् नियमनमा कडा नियम पालन गर्न पनि उसलाई भनेको छ ।   आईएमएफले जारी गरेको बयानमा क्रिप्टोकरेन्सीको कानूनी मुद्राको रुपमा स्वीकार गर्न सकिन्छ तर यसले वित्तीय तथा बजार इमान्दारीमा ठूलो जोखिम सृजना गर्दछ भनिएको छ ।साथै आईएमएफले यसबाट वित्तीय स्थिरता तथा  उपभोक्ता सुरक्षाको खतरा रहन्छ । अल सल्वाडोर सरकारले अमेरिकी डलरको अलावा बिट्क्वाइनलाई कानूनी मुद्राको रुपमा गत साल मन्जूरी दिएको थियो । गत साल नोभेम्वरमा बिट्क्वाइन ६८ हजार ७८९ दशमलव ६३ डलर प्रतियूनिटको साथ उच्चस्तरमा रहेको थियो । तर पछि यसको मूल्यमा लगातार गिरावट भइरहेको छ । अमेरिकी फेडको तर्फबाट मार्चमा ब्याज दरमा बढ़ोतरी हुने सम्भावनाका कारण गत सप्ताहदेखि यो ५० प्रतिशतभन्दा बढीले घटेर ३३ हजार १८४ दशमलव शून्य ६ डलर प्रतियूनिटको न्यूनस्तरमा पुगेको थियो ।  गत वर्षको जुनमा अल साल्भाडोर बिट्क्वाइनलाई कानूनी मान्यता दिने विश्वको पहिलो देश बनेको थियो । तर सेप्टेम्बरमा यहाँका हजारौं जनताले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिंदा अस्थिरता हुन सक्ने भय व्यक्त गर्दै सो कानूनको विरोध गर्दै सडकमा प्रदर्शन गरेका थिए । सरकारले बिट्क्वाइन वालेट पनि लञ्च गरेको छ । अल साल्भाडोरले डिजिटल एसेट पूर्वाधार कम्पनी ब्लकस्ट्रिमसँगको सहकार्यमा बिट्क्वाइन ऋणपत्र जारी गर्ने योजना पनि बनाएको छ । नेपालमा यसको कारोबार पूर्णत : अवैध, कारोबार गरे कडा कारवाही   अल सल्भाडोरले सबैभन्दा पहिले बिट्क्वाइन नामक भर्चुअल मुद्रालाई कानूनी मान्यता दिएको थियो । अहिले नेपाल,भारत चीन जस्ता दर्जनौं देशले अवैध भने पनि कतिपय देशहरुले भने यस्तो कारोबारलाई वैधानिक मानेका छन्। सन् २०११ मा एक डलरबाट शुरु भएको बिट्क्वाइनको कारोबार गत अक्टोबर महीनामा भने प्रतियुनिट ६६ हजार डलरभन्दा बढी पुगेको थियो । तर यसपछि यसको मूल्य लगातार घटिरहेको छ । नेपालका एक जना पूर्वगभर्नरले त भर्चुअल मुद्रा जुवा मात्रै होइन, घोर जुवा हो, यसले लोभले लाभ, लाभले विलापको अवस्था ल्याउँछ भनेका छन् । उनको विचारमा यस्तो कारोबारले मुद्रास्फीति बढाउने र वित्तीय अस्थिरता समेत ल्याउँछ । नेपालले यसको कारोबारलाई पूर्णत : अवैध मानेको छ ।  नेपाल राष्ट्र बैंकले यसअघि नै सूचना जारी गरेर यसको कारोबार गर्ने गराउनेलाई कडा कारवाही गर्ने चेतावनी दिइसकेको छ । उसले विदेशमा बस्ने नेपालीले समेत यस्तो कारोबार गर्न नपाउने भनिसकेको छ । नेपाल र विदेश जहाँ बसे पनि नेपालीलाई भर्चुअल मुद्रामा लगानी गर्न कानूनले प्रतिबन्ध लगाएको छ ।  एजेन्सीको सहयोगमा