माघ २४, काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १५ दशमलव ७१ अंक अर्थात् शून्य दशमलव ५५ प्रतिशतले वृद्धि भएको छ ।
यो दिन नेप्से परिसूचक २ हजार ८५१ दशमलव ८८ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये ९५ लाख १२ हजार ५८० कित्ता शेयर ६६ हजार ११३ पटकमा रू. ५ अर्ब २ करोड २० लाख १७ हजार १८० बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को ८ दशमलव ४२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१२ पुगेको हो । त्यसैगरी दोस्रो छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य ६ दशमलव ८३ प्रतिशत वृद्धि भएर रू. ५२४ पुगेको छ ।
सोमवार सबैभन्दा धेरै शेयरमूल्य घट्नेमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी परेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ४ दशमलव ५७ प्रतिशतले घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६६८ मा झरेको छ ।
त्यसैगरी दोस्रोमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३ दशमलव ७१ प्रतिशत घटेर रू. १ हजार ९४५ कायम भएको छ ।
त्यस्तै सर्वाधिक शेयर खरीदविक्री भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को भएको छ । यो दिन कम्पनीको रू. ४९ करोड ३४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेशनल हाइड्रोपावर कम्पनीको रू. २७ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यो दिन कारोबारमा आएका १३ ओटा समूहमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशलमव २१ प्रतिशत,होटल एण्ड टुरिजम समूहको शून्य दशमलव १४ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य ८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेका छन् । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी लगानी समूहको परिसूचक ३ दशमलव शून्य ६ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव २९ प्रतिशत,जीबन बीमा समूहको शून्य दशमलव ८ प्रतिशत,अन्य समूहको २ दशमलव ४१ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४८ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ५८ प्रतिशतले बढेको छ ।
यस्तै वित्त समूहको शून्य दशमलव ३६ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव २ प्रतिशत,विकास बैंक समूहको शून्य दशमलव ५२ प्रतिशत र ब्यापार समूहको परिसूचक शून्य दशमलव २५ प्रतिशतका दरले वृद्धि भएको छ ।
सोमवार सरकारले स्थानिय निकायको निर्वाचन मिति घोषणा गर्ने चर्चा चलेसँगै बजारमा सकारात्मक प्रभाव परेको देखिन्छ । निर्वाचन आयोगले जेठ ४ गतेभित्र चुनाव गर्न सरकारलाई सुझाव दिएको छ ।
सोही अनुसार सरकारले निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहेको खवर सार्वजनिक भएको । निर्वाचनको मिति घोषणा भएमा शेयरबजारले नयाँ विन्दु कायम गर्ने बजार विश्लेषकहरु बताएका छन् । चुनावका बेला राजनीतिक दलहरुले धेरै खर्च गर्ने भएकाले बजारमा तरलता बढ्ने अनुमान लगाउन सकिन्छ । सोही कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्न जान्छ ।