एमसिसीसम्बन्धी व्याख्यात्मक घोषणा सरकारद्वारा स्वीकृत

सरकारले संयुक्त राज्य अमेरिकाबाट लिन लागेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्याक्ट ९एमसिसी० अनुदानसम्बन्धी ११ बुँदे व्याख्यात्मक घोषणा पारित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को केहीबेर अघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वरमा सम्पन्न बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो । प्रतिनिधिसभाको आजको पहिलो बैठकमा एमसिसीसम्बन्धी सैद्धान्तिक छलफल भएको थियो । आजै साँझ हुने दोस्रो बैठकमा […]

सम्बन्धित सामग्री

एमसीसीकी सीईओ एलिसले भनिन्– संसदले गरेको व्याख्यात्मक घोषणा स्वीकारेका छौँ

एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा दलहरू विभाजित हुँदा १२ बुँदे व्याख्यात्मक घोषणा गरी संसदबाट अनुमोदन गरिएको थियो ।

एमसीसीबारे महासचिव पोखरेलको टिप्पणी– व्याख्यात्मक घोषणा भनेर जनतामाथि भ्रम छरियो

धनगढी, १९ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी कैलालीले बिहीवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको बताए । ‘‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो’, उनले भने । यस्तै, उनले […]

एमसीसीको व्याख्यात्मक घोषणा अर्थहीन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गर्नुभएको हो । एमसीसीलाई गलत ढङ्गले गिजोलिएको भन्दै […]

पार्टीले लिएको अडानको सफलता व्याख्यात्मक घोषणा : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले एमसीसीबारे व्याख्यात्मक घोषणा नभएको भए हुबहु पारित हुने अवस्था रहेको बताएको छ । पार्टीको अडानकै कारण एमसीसीबारे व्याख्यात्मक घोषणासहित पारित गर्न सफल भएको सो पार्टीको भनाइ छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘व्याख्यात्मक घोषणा नगरेको भए जस्ताको तस्तै पास हुन्थ्यो । पार्टीले लिएको अडानको सफलता व्याख्यात्मक घोषणा हो ।’

एमसीसीको ‘व्याख्यात्मक घोषणा’ नेपाली जनता झुक्काउने काम : ओली (भिडिओसहित)

काठमाडौं, १७ फागुन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदबाट एमसीसी प्रस्ताव पास हुँदै गर्दा ‘एमसीसीको व्याख्यात्मक घोषणा’ हुनु भनेको नेपाली जनता झुक्याउने काम मात्रै भएको बताएका छन् । मिलिनियम च्यालेन्ज कर्पोरेसनले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने प्रष्ट पारिसकेकाले यस्ता व्याख्यात्मक घोषणा जनता झुक्याउने काम मात्रै भएको उनको भनाइ छ […]

‘एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर संसदको अपमान गरियो’

लेखक तथा  विज्ञहरुले अमेरिकी सहयोग परियोजना एमसीसीमाथि व्याख्यात्मक घोषणा गरेर सार्वभौम संसदको अपमान गरेको आरोप लगाएका छन् । लेखक तथा विज्ञहरुले सोमबार साझा वक्तव्य जारी गर्दै सत्ता सत्ता गठबन्धन बचाउन व्याख्यात्मक घोषणाको भ्रम फैलाएको बताएका छन् ।एमसीसी पारित गर्न ल्याएको व्याख्यात्मक घोषणाको कुनै संवैधानिक र कानुनी हैसियत नहुने पनि बताएका छन् । वक्तव्यमा भनिएको छ,  ‘अन्तर्राष्ट्रिय मान्यताप्राप्त कानुनी सिद्धान्तअनुसार कुनै पनि सन्धिसम्झौता एक पक्षीय रूपमा संशोधन वा परिवर्

एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य रहेको बताएका छन् । केही सञ्चारमाध्यममा आफूले सो घोषणालाई सकारात्मक बताएको’ भनि आएको समाचारप्रति उनले असन्तुष्टि समेत जनाएको छ । ‘एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्तावलाई सकारात्मक भनेर कुनै पनि प्रकारको विचार मैले प्रकट गरेको छैन’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ एमसीसीका विरुद्ध राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै विरोध तथा संघर्ष गर्दै आएको कुरा सबैलाई जगजाहेर नै

व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्छ : गगन थापा

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणा अमेरिकाले मान्नुपर्ने बताएका छन् । आइतबार एमसीसी सम्झौतामाथि प्रतिनिधिसभामा भएको छलफलमा उनले एमसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी पनि सँगै हुने भन्दै सम्झौताको अर्को पक्षले ती टिप्पणीहरु पनि मान्नुपर्ने बताएका हुन् । छलफलमा भाग लिँदै नेकपा एकीकृत समाजवादीका नेता […]

सूर्यराजको व्यङ्ग्य : एमसीसीको व्याख्यात्मक घोषणा खसीलाई शाकाहारी भन्नु जस्तै

पूर्वाधारविद् सूर्यराज आचार्यले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलबीच भएको ‘व्याख्यात्मक घोषणा’ प्रति व्यङ्ग्य गरेका छन् । एमसीसी सम्झौता पारित गर्नका लागि मध्यमार्गी बाटोको रुपमा व्याख्यात्मक घोषणा सहित एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि आचार्यले सत्तामा नछोड्नका लागि जनतामा भ्रम छोडेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै एमसीसीको विषयमा राजनीतिक दल पक्ष वा विपक्षमा उभिन सक्ने भए पनि पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असङ्गतिपू