राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीबारेको व्याख्यात्मक घोषणा अस्वीकार्य रहेको बताएका छन् । केही सञ्चारमाध्यममा आफूले सो घोषणालाई सकारात्मक बताएको’ भनि आएको समाचारप्रति उनले असन्तुष्टि समेत जनाएको छ । ‘एमसीसी सम्झौताको व्याख्यात्मक प्रस्तावलाई सकारात्मक भनेर कुनै पनि प्रकारको विचार मैले प्रकट गरेको छैन’, उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ एमसीसीका विरुद्ध राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै विरोध तथा संघर्ष गर्दै आएको कुरा सबैलाई जगजाहेर नै