पूर्वाधारविद् सूर्यराज आचार्यले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलबीच भएको ‘व्याख्यात्मक घोषणा’ प्रति व्यङ्ग्य गरेका छन् । एमसीसी सम्झौता पारित गर्नका लागि मध्यमार्गी बाटोको रुपमा व्याख्यात्मक घोषणा सहित एमसीसी पास गर्न माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहमत भएपछि आचार्यले सत्तामा नछोड्नका लागि जनतामा भ्रम छोडेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै एमसीसीको विषयमा राजनीतिक दल पक्ष वा विपक्षमा उभिन सक्ने भए पनि पछिल्लो समय माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको असङ्गतिपू