स्थानीय निर्वाचन अघिसम्म बागलुङको अति दुर्गमको नाम लिँदा तमानको नर्जाखानी पहिलो नम्बरमा आउँथ्यो । भौगोलिक रुपमा जिल्ला सदरमुकामदेखि टाढा । पुर्वाधारको विकास न्युन मात्रामा । स्थानीय तहको निर्वाचिन पश्चात नर्जाखानी सुगम बन्दै गएको छ ।
तमानखोला गाउँपालिकाले सडकमार्गको विस्तार, शिक्षा, स्वास्थ्यको सुविधा गाउँमै पु-याए पछि स्थानीयलाई खुसी थालेको हुन । अति दुर्गमका नर्जाखानीको परिचय बद्लिएको छ । अहिले हरेक जसो बस्ती टोलमा मोटरबाटो पुगेको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगले जानकारी दिनुभयो ।
गएको बर्ष खुङ्खानीदेखि नर्जाखानीलाई जाड्ने लामो झोलुङ्गे पुल निर्माण भएको छ । यही पुलका कारण त्यस क्षेत्रका स्थानीयको दैनिकीमा परिवर्तन आएको छ । तमानखोला गाउँपालिका—५ खुङ्खानीदेखि ठूला बिसौनासम्म जोड्ने पुलले पैदल यात्रा गर्दा एक घण्टा लाग्ने दुरी पाँच मिनेटमा खुम्चिएको हो ।