मुगु : छायानाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी खुसी भएका छन्। छायानाथ रारा नगरपालिका वडा नं.६ लिउडी गाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँका स्थानीय बासी खुसी भएका हुन्। कोटीला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसँगै आइतबार पहिलो पटक लिउडी गाउँमा गाडी पुगेको हो।गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा भएको स्थानीयवासीले बताएका छन्।छायानाथ रारा नगरपालिकाको लगभग ६७ लाख लगानीमा सडक निर्माण भएको र सड