धादिङको सबैभन्दा विकट बस्ती तिप्लिङमा मोटर बाटो जोडिएको छ । उत्तरी धादिङको सबैभन्दा दुर्गममा पर्ने रुविभ्याली गाउँपालिका–१ र २ मा पर्ने तिप्लिङमा धादिङबेँसीबाट मोटर बाटोले जोडेको हो । चार दशकअघिदेखि धादिङको सदरमुकामबाट खन्न सुरु गरेको उक्त सडक बल्ल तिप्लिङसँग जोडिएपछि स्थानीय खुसी भएका छन् । सडक सुविधा पुगेसँगै रुविभ्यालीको मुहार फेरिने आशा पलाएको गाउँपालिका अध्यक्ष […]
गोरखा, १७ वैशाख । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । “रुइलाभज्याङ नाकाको सडकखण्डअन्तरगत पालिकाको केन्द्र फिलिमपारीको गाउँ नाक्चेतसम्म मोटर आइपुगेको छ,” उनले भने,“अब उत्तरी गोरखाका बासिन्दालाई आउजाउसँगै खाद्यान्न सामग्री ढुवानी गर्न […]
गोरखा । विकट उत्तरी गोरखाको नाक्चेत गाउँमा मोटर पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको फिलिम नजिकै यातायातका साधान पुगेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
म्याग्दी : हिमाली जिल्ला म्याग्दीको धौलागिरी गाउँपालिका ६ मा पर्ने दुर्गम मराङको बुल गाउँ पहिलोपटक सडक सञ्जालले जोडिएको छ। भौगोलिक रूपमा अत्यन्त विकट बुलसम्म सडक सञ्जाल पुगेसँगै मराङका सबै बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ।हालैमात्र मराङको राम्चे–जेवाङ हुँदै बुल गाउँसम्म सडक जोडिएको राम्चे–जेवाङ हुदै बुल सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद जुग्जालीले बताए। गाउँमा सडक पुगेपछि अप्ठ्यारो पैदलमार्गको प्रयोग गरी छिमेकी गाउँसम्म आउनुपर्ने बाध्यता हटेको छ।सडक पुगेपछि वर्षौँदेखि
कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा विकट जिल्लाका रुपमा रहेको हुम्लामा अहिले पनि मोटर बाटो पुगेको छैन। यातायातको साधनका रुपमा हवाई सेवा मात्र छ। दैनिक उपभोग्य सामान तथा औषधीहरुसमेत हवाई माध्यमबाटै...
फुङ्लिङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे मोटरेबल पुल निर्माण गरिएसँगै गाउँ–गाउँमा यातायात सेवा पुगेको छ । फक्ताङ्लिङ गाउँपालिका भौगोलिका हिसाबले ठूलो, विकट र हिमाली क्षेत्रमा पर्दछ । तमोर नदीको दुई किनारमा यो गाउँपालिका विभाजित भएको छ । वडा नं १ सावा दिन, वडा नं २ खेजेनिम, वडा नं ४ ईखाबु र वडा नं […]
म्याग्दी : म्याग्दीको अत्यन्त विकट मानिएको अजिङ्गर भीरमा ट्याक खोलेर सोही बाटो हुँदै गाउँमा नै पहिलो पटक मोटर पुगेपछि दर्मिजा, चिमखोला र कुइनेमंगलेका बासिन्दाहरूले पञ्चेबाजा बजाएर नाचगान गरी खुसीयाली मनाएका छन्।सोमबार (हिजो) रघुगंगा गाउँपालिको दग्नाम, दर्मिजा–चिमखोला हुदै कुइनेमंगले जोड्ने मोटरबाटोको ९६ वर्षीय दलबहादुर गर्बुजा, ९३ वर्षीया उदिमा कमिनी र १० वर्षीया लिस्मा पुनले संयुक्त रूपमा मोटरबाटो उद्घाटन गरेसँगै तीनवटै गाउँमा खुसीयाली छाएको हो। जिल्लाकै जोखिमयुक्त मानिने दग्नाम