रामेछाप – रामेछापको बोलङ्ग–बोलङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुसी साँट्दै यात्रुवाहक बस, चालक र सह–चालकलाई अक्षता र फूलमालाले भव्य स्वागत गरेका छन् ।
रामेछाप नगरपालिकाकै दुर्गम र विकट गाउँले परिचित बोलङ्ग–बोलङ्ग गाउँमा रामेछाप नगरपालिकाले कच्ची सडक निमार्ण गरेपछि पहिलो पटक यात्रु लिएर बस पुुगेको हो ।
नगरपालिकाले सडक निमार्ण गरिदिएसँगै पहिलो पटक बस आउँदा आफूहरुलाई निकै खुसी लागेको रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ्गबोलङ्गकी बिनाकुमारी सुनुवारले बताउनुभयो । उहाँले ...