प्रदेश-१ मा ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा

माेरङ - प्रदेश-१ सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि सुविधा सम्पन्न ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । प्रदेश सरकार र नागरिक केयर सेन्टरको संयुक्त लगानीमा निर्माण गरिएको कोभिड अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा आजदेखि बिरामी भर्ना सुरु गरिएको छ । बिरामी भर्ना गर्नुअघि मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईले हिजो अस्पतालको निरीक्षण गर्नुभएको थियो । २१ बेड भेन्टिलेटरसहितको छ भने अन्य सबै अक्सिजनसहितको बेड रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित सामग्री

बढ्न थाल्यो कोरोना, साढे तीन महिनापछि फेरि खुल्यो कोभिड अस्पताल

३१ असार, विराटनगर । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र बन्द भएको साढे तीन महिनापछि फेरि खुलेको छ । चैत १५ गतेयता बन्द रहेको कोभिड १९ उपचार केन्द्र कोरोना संक्रमित बढेसँगै फेरि सञ्चालनमा आएको छ । कोरोना संक्रमित आउन छाडेपछि प्रदेश सरकारले वैशाख १८ गतेदेखि सो अस्पतालमा निशुल्क स्वास्थ्य उपचार […]

प्रदेश १ मा अक्सिजन र कोभिड अस्पताल तत्काल व्यवस्था गर्न माग

विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले तत्काल अक्सिजन र कोभिड अस्पताल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। अक्सिजन नपाएर मानिसहरूले ज्यान गुमाउनुपरेको अवस्थाबारे प्रदेश १ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले अक्सिजन र कोभिड अस्पतालको व्यवस्था गरेर नागरिकको ज्यान बचाउन माग गरेका हुन्। साथै, उनले प्रदेश सरकारद्वारा सञ्चालित कोशी कोभिड अस्पताल, मेची प्रादेशिक अस्पतालसहित १४ जिल्ला अस्पताल र अन्य सरकारी तहबाट निर्मित अस्थायी कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजन बेड अक्सिजन लगायत अन्य आवश्य...

प्रदेश १ मा एक सातामा थपिए तीन कोभिड विशेष अस्पताल

कोराना संक्रमणको दर उच्च भएसँगै प्रदेश १ मा एक साताको अवधिमा तीनवटा सरकारी कोभिड विशेष अस्पताल थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले प्रदेशमा चार निजीस्तरका र ६ वटा सरकारी गरी १० वटा कोभिड अस्पताल छन् । योसँगै प्रदेशमा कोभिड–१९ संक्रमितलाई राखेर उपचार गर्ने बेड संख्या एक हजार १५५ पुगेको छ ।प्रदेशमा कोभिड विशेष अस्पतालको सेवा विस्तार भए पनि संक्रमितलाई थेग्न सकेको छैन । बेड नपाएर संक्रमितहरु अस्पतालको पेटी र होम आइसोलेसनमा छट्पटाउन बाध्य छन् ।मन्त्रालयका अनुसार एक साताभित्र वि

प्रदेश १ मा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ जना पुग्यो

प्रदेश १ मा कोरोनाको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यता हालसम्म उनीहरुको विभिन्न कोभिड अस्पताल एव होम आइसोलेसनमा मृत्यु भएको हो।पछिल्लो एक सातायता प्रदेशमा दैनिक ८ जना संक्रमितले ज्यान गुमाउँदै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोभिड अस्पतालहरूका अनुसार पनि वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको छ । बिराट मेडिकल कलेजका निर्देशन डा ज्ञानेन्द्रमान सिंह कार्कीले अस्पताल भर्ना भएका बिरामीलाई बचाउन कठिन हुँदै जादा संक्रमितको मृत्युदर उच्च

प्रदेश १ का सबै अस्पतालमा कोभिड उपचारको व्यवस्था गर्न कांग्रेसको माग

प्रदेश १ का प्रमुख प्रतिपक्षी कांग्रेसले दैनिक कोरोना संक्रमण दर बढ्दै गएकाले प्रदेशभरिका सबै अस्पताललाई कोभिड अस्पताल बनाउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

भरिँदै प्रदेश १ का कोभिड अस्पताल

प्रदेश १ मा कोरोना संक्रमण दर दैनिकजसो बढ्दै गएको छ । वैशाख १७ गते संक्रमण दर ३३ दशमलव ३० प्रतिशत रहेकोमा शनिबार बढेर ४९ दशमलव २३ प्रतिशत पुगेको छ ।

कोरोनाविरुद्ध एक योद्धा जसले सम्हालेका छन् कोशी कोभिड अस्पताल

विराटनगर । कोरोनाविरुद्धको अभियानमा पहिलो योद्धा भनेकै स्वास्थ्यकर्मी हुन् । संक्रमण दर उच्च रहेको यो अवस्थामा बिरामीका लागि डाक्टरसहितका स्वास्थ्यकर्मीको साथ र माया नै बाँच्नका लागि ठुलो हौसला बन्ने गरेको छ । चिकित्सकसहित स्वास्थ्यकर्मीले पछिल्लो समय अस्पताललाई नै घर ठानेर कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहेका छन् ।प्रदेश १ को राजधानी विराटनगर क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलिएको छ । त्यसैले प्रदेश १ का कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालले कोभिड–१९ डेडिकेटेड अस्पताल तयार

प्रदेश १ मा थप ९६ शैयाको अस्पताल सञ्चालनमा आयो

विराटनगर : प्रदेश १ सरकारले विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा थप ९६ शैयाको अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि विशिष्टिकृत सेवासहितको कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।सञ्चालनमा आएको अस्पतालमा २१ वटा भेन्टिलेटरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको छ।प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्माण गरी सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा तीन वटा ब्लक छ

दोस्रो लहरको त्रासः ब्युँताउन थालियो कोभिड अस्पताल

कोरोनाभाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख

कमल गाउँपालिकामा कोभिड अस्पताल सञ्चालन

दमक (झापा)​ :  कमल गाउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहमा न्यूनतम पाँच शय्याको कोभिड अस्पताल सञ्चलन गर्न निर्देशन दिएअनुसार गाउँपालिकाले अस्थायी अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल स्थानीय सरकारले सञ्चालनमा ल्याएको प्रदेश १ कै पहिलो कोभिड अस्पताल रहेको प्रदेश १ ...