विराटनगर : नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बोले तत्काल अक्सिजन र कोभिड अस्पताल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
अक्सिजन नपाएर मानिसहरूले ज्यान गुमाउनुपरेको अवस्थाबारे प्रदेश १ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले अक्सिजन र कोभिड अस्पतालको व्यवस्था गरेर नागरिकको ज्यान बचाउन माग गरेका हुन्।
साथै, उनले प्रदेश सरकारद्वारा सञ्चालित कोशी कोभिड अस्पताल, मेची प्रादेशिक अस्पतालसहित १४ जिल्ला अस्पताल र अन्य सरकारी तहबाट निर्मित अस्थायी कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजन बेड अक्सिजन लगायत अन्य आवश्य...