विराटनगर : प्रदेश १ सरकारले विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा थप ९६ शैयाको अस्पताल शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ।प्रदेशमा दिनहुँ कोराना संक्रमितको संख्या बढेसँगै गम्भीर भएर अस्पताल भर्ना हुने संक्रमितको सहज उपचारका लागि विशिष्टिकृत सेवासहितको कोभिड अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आएको हो।सञ्चालनमा आएको अस्पतालमा २१ वटा भेन्टिलेटरसहितको आइसियू र ८३ वटा अक्सिजनसहितको छ।प्रदेश सरकार र नागरिक केयर सेन्टरको सहकार्यमा निर्माण गरी सञ्चालनमा आएको कोभिड उपचार केन्द्रमा तीन वटा ब्लक छ