कोरोनाविरुद्ध एक योद्धा जसले सम्हालेका छन् कोशी कोभिड अस्पताल

विराटनगर । कोरोनाविरुद्धको अभियानमा पहिलो योद्धा भनेकै स्वास्थ्यकर्मी हुन् । संक्रमण दर उच्च रहेको यो अवस्थामा बिरामीका लागि डाक्टरसहितका स्वास्थ्यकर्मीको साथ र माया नै बाँच्नका लागि ठुलो हौसला बन्ने गरेको छ । चिकित्सकसहित स्वास्थ्यकर्मीले पछिल्लो समय अस्पताललाई नै घर ठानेर कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहेका छन् ।प्रदेश १ को राजधानी विराटनगर क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलिएको छ । त्यसैले प्रदेश १ का कोरोना संक्रमितको उपचारका लागि कोशी अस्पतालले कोभिड–१९ डेडिकेटेड अस्पताल तयार