नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घको प्रथम केन्द्रीय महाधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले मुलुकमा संरचनागत सुधार गरेर आर्थिक विकासमा ध्यान दिनुपर्ने बताउनुभएको हो । देशलाई आत्मनिर्भरताको बाटोमा लैजान उद्योग व्यवसायीको भूमिका महत्वपूर्ण रहेको …