नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरुप बदल्ने आन्दोलन ढिलोचाँडो सुरु हुने भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरामा शनिबार गण्डकी प्रदेशका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्ताको अभिमूखीकरण कार्यक्रममा उनले निर्वाचन प्रणाली र शासकीय स्वरुप देश र जनताको हितमा नरहेको बताए ।