प्रचण्डको प्रतिवेदन- संविधान संशोधनका लागि सडक, सदन र सरकारबाट संघर्ष गरौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरुप सम्बन्धमा संविधान संशोधन जरुरी रहेको बताएका छन् । समाजवाद उन्मुख मूलभूत कार्यदिशा लिँदै संविधान संशोधनका लागि सडक, सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्न प्रचण्डले प्रस्ताव गरेका छन् ।  माओवादीको ८ औं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे संविधान संशोधनको एजेण्डा जनतामा लिएर जाने प्रस्ताव गरेका हुन् । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली...