त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले दशैं, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरुलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानूनले छुट दिएको वा राजस्व तिरेर ल्याउन सकिने सामान मात्र ल्याउन आग्रह गरेको छ । पछिल्लो समय विभिन्न देशका विमानस्थलमा अपरिचित व्यक्तिले प्रलोभनमा पारी सामानहरु पठाउने र ल्याउने व्यक्तिहरु कानूनी कारबाहीमा पर्ने घटना बढेको भन्सार कार्यालयले जनाएको छ । […]