बिक्री हुन छाडे चोयाका सामान

गलेश्वर : सोमवार बालाचतुर्दशीका दिन म्याग्दीको गलेश्वरमा बाग्लुङको काठेखोला–४ तङग्रामबाट डाला नाङ्ला बोकेर गलेश्वर आएकी अमृता पुन सामग्री नबिकेपछि चिन्तित भइन्।पुन मात्रै होइन, बागलुङकै बडिगाड गाउँपालिकाका धनबहादुर बुढा, तनहुँको बन्दीपुर गाउँपालिका–५ की तिलिमाया भुजेल र बागलुङको अमलाचौरका टेकनाथ चापागाइँले पनि आफूले ल्याएका सामान बिक्री नभएपछि सामान बोकेर गाउँ फर्किए।म्याग्दीको गलेश्वरमा शतबीज छर्न र दर्शन गर्न आएका भक्तजनलाई नाङ्लो, डालो र ठेकाठेकी बिक्री गर्न उनीहरु ती सामान बोकेर

सम्बन्धित सामग्री

चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र युवालाई हस्तान्तरण गर्न थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाइ केन्द्रले युवायुवतीलाई तालिममार्फत सीप हस्तान्तरण गर्न थालिएको हो ।

चोयाका सामान विक्री हुने आशमा डोम जाति

तिहार र छठ पर्व नजिकिँदै आउँदा महोत्तरी जिल्लाका अति विपन्न डोम जातिमा आफ्नो व्यावसाय फष्टाउने आशले खुशी छाएको छ। मिथिला क्षेत्रमा तिहार र छठमा बाँसको चोयाले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, पङ्खा र अन्य खेलौनाको माग हुने भएकाले बाँसको चोयाबाट त्यस्ता सामान बेच्ने पुख्र्यौली व्यवसाय अंगाल्दै आएका डोम बासी खुशी भएका हुन्।