नागरिकता विधेयकमा विवादित प्रमाणीकरण

अन्ततः प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको नागरिकता संशोधन विधेयक तोकिएको म्याद सकिन लाग्दा संसदलाई फिर्ता पठाइएको छ । संविधानका धारामा टेकेर महामहिम राष्ट्रपतिद्वारा उक्त निर्णय गरिएको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको […]

सम्बन्धित सामग्री

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेनः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा राष्ट्रपतिले संविधानको पालना हुन नसकेको बताइन्।...

‘नागरिकता विधेयकमा वर्तमान परिस्थिति आउनुमा राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार’

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिकता विधेयकमा वर्तमान परिस्थिति आउनुमा राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको ठहर गरेको छ ।‘राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण नहुनुका कारण उठेको संवैधानिक प्रश्नको निर्क्योल न्यायालयले गर्नेनै भएतापनि वर्तमान परिस्थिति आउनुमा राजनीतिक दलहरूको अकर्मण्यता र राजनीतिक स्वार्थको दाउपेच जिम्मेवार रहेको स्पष्ट छ’, पार्टी प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो पार्टीले ‘गैरसंवैधानिक’ कदम चा

नागरिकता विधेयकमा राष्ट्रपतिको कदमप्रति जनमोर्चाको दोहोरो चरित्र

काठमाडौँ-  सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले राम्रो नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको निष्कर्ष निकालेको छ। विदेशी महिलालाई सहजै नेपाली नागरिकता दिन खोजिएकोप्रति जनमोर्चाको असहमति रहेको तर राष्ट्रपतिले गलत नियतले उक्त विधेयक प्रमाणीकरण नगरेको जनमोर्चाले जनाएको हाे। जनमोर्चाका सचिव हिमलाल पुरीले देश सञ्चारसँग भने, ‘राष्ट्रपतिले संविधान र कानुनको उल्लंघन गर्नुभएको हो। राष्ट्रपतिको नियत […]

५ विधेयक प्रमाणीकरण गर्दा राष्ट्रपतिले नागरिकता विधेयक छुटाइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेपनि नागरिकता विधेयक भने छुटाएकी छन् । राष्ट्रपतिले यसअघि नागरिकता विधेयकमा सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि संसदले पुनः हुबहु पारित गरेर प्रमाणीकरणका लागि सभामुखले पठाएका थिए । तर, शीतल निवासमा विधेयक पुगेको एक साता पुगेपनि प्रमाणीकरण हुन सकेको छैन । बरु राष्ट्रपतिले विधेयकबारे निरन्तर परामर्श गर्दै आएकी छन् । यहीबीचमा मंगलबार राष्ट्रपतिले संघीय संसदको दुबै सदनको बैठकबाट पारित भएका नागरिकता बाहेकका विधेयकहरुहलाई राष्

नागरिकता विधेयकमा राष्ट्रपति अझै अन्यौलमा

घोचपेचमा शीर्ष नेता काठमाडौं । संसद्को दुवै सदनबाट दुईपटक बहुमतसहित पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेस“गै राजनीतिक दलका नेता ‘राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका’लाई लिएर घोचपेचमा उत्रेका छन् । राष्ट्रपति भण्डारी ‘विधेयक स्वीकृत गर्ने कि नगर्ने ?’ भन्ने अन्योलमा छिन् । यद्यपि, संवैधानिक बाध्यता भने यथावत् रहेको बताइन्छ । ‘विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने […] The post नागरिकता विधेयकमा राष्ट्रपति अझै अन्यौलमा appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नागरिकता विधेयकमा सबै दल एक हुनुपर्छ : खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताए । राष्ट्रिय मुद्दामा सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेकोमा आफ्नो यस […]

नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

काठमाण्डाै - सरकारले नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुन: अघि बढाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् । नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई शंसोधन नगरिकनै संसदबाट पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाउने गठबन्धनका दलहरुले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणको लागि पठाएको विधेयक राष्ट्रपतिले...

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएकोमा सांसदको आपत्ति

काठमाडौँ- सांसदहरूले नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ भएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरूले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणीकरणमा ढिलाइ गर्न नहुने समेत बताएका छन् । बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताइन् । उनले धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या […]

नागरिकता विधेयकमा राष्ट्रपतिले निर्णय लिने समय मंगलबारसम्म

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय लिने समय अब तीन दिन मात्रै बाँकी छ। सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने समय मंगलबारको समयसीमा बाँकी रहेको हो । कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने […]