काठमाण्डाै - सरकारले नागरिकता विधेयक जस्ताको त्यस्तै फेरि अगाडि बढाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका दलहरुको बैठकले राष्ट्रपतिले प्रमाणीकरण नगरि प्रतिनिधि सभामै फिर्ता पठाइदिएको नागरिकता विधेयकलाई पुन: अघि बढाउने सहमति भएको एक नेताले जानकारी दिएका छन् ।
नागरिकता विधेयकमा यसअघि नै राखिएका प्रावधानलाई शंसोधन नगरिकनै संसदबाट पास गरेर प्रमाणीकरणको लागि राष्ट्रपति कहाँ पठाउने गठबन्धनका दलहरुले निर्णय गरेका छन् । सरकारले दोस्रो पटक प्रमाणीकरणको लागि पठाएको विधेयक राष्ट्रपतिले...