आज सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्दै

बिहीबार सरकारले बजेटको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ को छ महिना अर्थात साउनदेखि पुस मसान्तसम्म बजेटको खर्च तथा राजस्व परिचालनको अवस्थाबारे समीक्षा गर्ने भएको हो । यसका लागि अर्थमन्त्रालयले आज दिउँसो २ बजेका लागि मन्त्रालयमा नै बैठक बोलाएको छ । केपी ओली नेतृत्वको सरकार वहिर्गमनमा परेसँगै नेतृत्वमा आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले कुल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको थियो । महालेखा नियन्त्रण कार्यालयका अनुस

सम्बन्धित सामग्री

बजेटको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)

काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले बजेट कटौती गरेका छन्। उनले अघिल्लो अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटलाई २ खर्ब ४४ अर्ब कटौती गरेका हुन्। तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ९३ करोडको बजेट ल्याएका थिए।  ​चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन आइतबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्दै मन्त्री पौडेलले  १५ खर्ब ४९ अर्ब ९९ करोड खर्च हुने अनुमान सार्वजनिक गरेका हुन्। सरकारले राजस्व संकलनको लक्ष्य पनि घटाएको छ। मन्त्री पौडेलले १२ खर्ब ४४ अर्ब ७५ करोड बनाएका हुन्।  उनले पर्यटन...

निजी क्षेत्रको समस्या समाधानमा राष्ट्र बैंक गम्भीर भएर लागेको छ : अर्थमन्त्री

२९ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले तरलता र ब्याजदरका समस्या नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका उपकरणका माध्यमबाट सम्बोधन गर्ने प्रयास गर्दै आएको बताएका छन् । आइतबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसदमा प्रस्तुत गरेपछिको सांसदले उठाएको प्रश्नको जवाफ दिंदै उनले आम उपभोक्ता नागरिक र निजी क्षेत्रको अपेक्षा अनुरुप भने हुन […]

गौरवका आयोजनाको प्रगति निराशाजनक

अर्थ मन्त्रालयले गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा राष्ट्रिय गौरवका आयोजनाले प्रभावकारी ढंगले बजेट खर्च गर्न नसक्दा तिनले गति लिन नसकेको औंल्याइएको छ।...

फेरि घट्यो बजेटको आकार

चालू आर्थिक वर्ष २०७८÷७९ का लागि विनियोजित बजेट खर्च गर्न नसक्ने अवस्था देखिएपछि सरकारले अर्धवार्षिक समीक्षापछि आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँको मात्र हुनेछ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेट संशोधन गरेका वर्तमान अर्थमन्त्री शर्माले आफैंले गरेको अनुमान पनि भेट्टाउन कठिन देखेपछि अर्धवार्षिक समीक्षा गरेर बजेटको आकार घटाएका हुन् । आफ्नै अनुमान भेट्टाउ...

‘क्रिप्टाेकरेन्सी अर्थतन्त्रका लागि चुनाैती’

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले अहिले नेपालमा क्रिप्टोकरेन्सी अर्थतन्त्रका लागि चुनौती भएको बताउनुभएको छ ।  आज बिहीवार अर्थ मन्त्रालयमा चालु आर्थिक वर्षकाे बजेटको अर्धवार्षिक समीक्षा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शर्माले यस्ताे बताउनुभएकाे हाे । अहिले क्रिप्टोकरेन्सी तथा हाइपर फन्डको कारोबारमार्फत नयाँ तरिकाबाट क्यापिटल फ्लाइट भइरहेकाले अर्थतन्त्रमा समस्या देखिएको उहाँकाे भनाइ छ ।    मन्त्री शर्माले वैदेशिक मुद्राको सञ्चितिमा परेको चाप कम गर्नका लागि नीतिगत उपायहरू अवलम्बन गर्ने बताउनुभयो ।...

निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने

काठमाडौँ । आगामी निर्वाचनका लागि बजेट व्यवस्थापन गर्न चुनौतीपूर्ण हुने अर्थ मन्त्रालयले जनाएको छ । आज (बिहीबार) अर्थ मन्त्रालयमा आयोजित चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी चुनावको खर्च व्यवस्थापनका लागि स्रोत खोज्न समस्या हुने बताएका हुन् । चुनावका लागि ५० अर्बको माग आइरहेको छ । तर हामीले बजेटमा १० […]

चुनावका लागि मात्रै ५० अर्ब बजेट माग छ : अर्थमन्त्री

२७ माघ, काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले चुनावका लागि मात्रै ५० अर्ब रूपैयाँ बजेट माग रहेको बताएका छन् । आर्थिक वर्ष २०७८/७८को बजेटको अर्धवार्षिक समीक्षा गर्दै मन्त्री शर्माले बजेटमा चुनावका लागि १० अर्ब रूपैयाँ मात्रै छुट्याइएको बताए । ‘अरु बजेट कहाँबाट व्यवस्थापन गर्ने भनेर अध्ययन गर्दैछौं,’ उनले भने,’ स्रोत व्यवस्थापनमा चुनौती छ ।’ सरकारले आगामी […]

बजेटको अर्धवार्षिक समीक्षा आज हुदै

अर्थ मन्त्रालयले आज बिहिबार चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेको छ । मन्त्री शर्माले २ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने कार्यकम रहेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि रु १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेका थिए। विष्णु पौडेलले जेठ १५ मा अध्यादेशबाट ल्याएको बजेटबाट जनार्दन शर्माले बजेटको आकार घटाएका थिए । प्रतिस्थापन विधेयक ल्याउने क्रममा अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४ करोड ६७ लाख घटाएका थिए। त्यस अघि अर्थमन्त्री पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँको बजेट ल्याएका थिए । कूल विनियोजनमध्ये सङ्घले खर्च गर्ने चालुतर्फको रु ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात् ४१ दशमलव ४२ प्रतिशत र पूँजीगततर्फ रु तीन खर्ब ७८ अर्ब १० करोड अर्थात् २३ दशमल १६ प्रतिशत रहेको थियो । वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ८९ अर्ब ४४ करोड अर्थात् ११ दशमलव ६० प्रतिशत तथा प्रदेश र स्थानीय तहमा स्थानीय हस्तान्तरणतर्फ रु तीन खर्ब ८७ अर्ब ३० करोड अर्थात् २३ दशमलव ७२ प्रतिशत रहेको थियो ।वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेटमध्ये चालु खर्चमा समानीकरण अनुदानसहित रु तीन खर्ब २५ अर्ब ७५ करोड अर्थात् ८४ दशमलव ११ प्रतिशत र पूँजीगततर्फ रु ६१ अर्ब ५५ करोड अर्थात् १५ दशमलव ८९ प्रतिशत रहेको थियो । चालु आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये राजस्वबाट रु १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड बेहोरिने उल्लेख थियो ।चालु पूँजीगत र वित्तीय हस्तान्तरणतर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट बेहोर्दा रु पाँच खर्ब २२ अर्ब नौ करोड न्यून हुने थियो । वित्तीय व्यवस्थातर्फको विनियोजित रकम समावेश गर्दा कूल विनियोजनमा न्यून हुने रकममध्ये वैदेशिक ऋणबाट रु दुई खर्ब ८३ अर्ब नौ करोड र आन्तरिक ऋणबाट रु दुई खर्ब ३९ अर्ब बेहोरिने उल्लेख थियो।

बजेटको अर्धवार्षिक समीक्षा आज हुँदै, अधिकांश लक्ष्यहरु यथावत

काठमाडौं / बजेटको अर्धवार्षिक समीक्षा आज हुने भएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गर्दै अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न ३ बजे बजेटको अर्धवार्षिक समीक्षा गर्न लागेका हुन् । अर्धवार्षिक समीक्षा गरिए पनि यो वर्ष बजेटको आकार तथा लक्ष्यमा खासै ठूलो परिवर्तन नगरिएको अर्थ मन्त्रालयले जनाएको छ । यो वर्ष सरकार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन... The post बजेटको अर्धवार्षिक समीक्षा आज हुँदै, अधिकांश लक्ष्यहरु यथावत appeared first on Purbeli News.