सशस्त्र प्रहरीको आग्रहपछि दशगजा क्षेत्रबाट हट्यो एसएसबीको सुरक्षा पोस्ट

मोरङको विराटनगरसँग जोडिएको भारतीय सीमावर्ती दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बनाएको सुरक्षा पोस्ट हटाएको छ । विराटनगर–१६ दरैयास्थित दशगजामा एसएसबीले आफूखुशी सुरक्षा पोस्ट बनाएको थियो । पोस्टमा २४ घण्टा नै हतियार सहितका भारतीय सुरक्षाकर्मी बस्ने गरेका थिए ।  सशस्त्र प्रहरी बल नेपालको आग्रहपछि १५ दिनअघि निर्माण गरिएको पोस्ट दशगजाबाट एसएसबीले भारतीय भूमितर्फ लगिसकेको मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) काशीराज दाहालले बताए । २ देशीय सीमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइन...

सम्बन्धित सामग्री

१०७ कार्टुन अवैध रक्सीसहित सप्तरीको दशगजा क्षेत्रबाट २ जना पक्राउ

सप्तरी । सप्तरीको सीमावर्ती क्षेत्रबाट १०७ कार्टुन अवैध मदिरासहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सई अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले राजगढ गाउँपालिका- २ कमलपुरस्थित दशगजा क्षेत्रबाट डेढ लाखभन्दा बढीको मामाश्री मदिरा बरामद गरेको छ । रक्सीको कार्टुनसहित पक्राउ पर्नेमा राजगढ-२ का २६ वर्षीय […]

पश्चिम नवलपरासीमा सीमा स्तम्भ मर्मत सम्भार

नवलपरासी : पश्चिम नवलपरासीका सीमा स्तम्भको मर्मत सम्भार गरिएको छ। मर्मतसँगै सीमा स्तम्भ रङरोगन गरिएको छ। नेपाल र भारतका सीमा सुरक्षा निकायले स्तम्भ मर्मत र रङरोगन गरेका हुन्। पश्चिम नवलपरासीको भारतसँग जोडिएका १६ स्तम्भ रङरोगन थालिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गणका प्रमुख प्रहरी उपरीक्षक धीरेन्द्रराज न्यौपानेले बताए।‘जोर नम्बरका स्तम्भ भारत र बिजोर नम्बरका स्तम्भ नेपालले मर्मत गर्ने सहमति भएको छ’, उनले भने। नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको लामो समयदेख

मधेश प्रदेशका दशगजा क्षेत्रका सीमास्तम्भ मर्मत शुरू

जनकपुरधाम। सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशका आठओटै जिल्लास्थित नेपाल–भारत दशगजा क्षेत्रमा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार र पुन:स्थापना शुरू गरेको छ । बिहीवार धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका–६ जटही नाका नजिक रहेको सीमास्तम्भ नं २८५/४ बाट मर्मतसम्भार शुरू गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका प्रमुख, सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले जानकारी दिए । प्रदेशका आठ जिल्लामा रहेका चार हजारभन्दा बढी स्तम्भमध्ये पहिलो चरणमा नेपाल पक्षबाट बिजोर नम्बरका एक हजारभन्दा बढी सीमास्तम्भको आवश्यकतानुसार पुनर्निर्माण, मर्मतसम्भार र पुन: स्थापनाको काम गरिने शाहको भनाइ छ । विसं २०७७ साउन १९ को नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार बनाइएको ‘सीमा क्षेत्रमा रहेका सीमास्तम्भको निर्माण, मर्मतसम्भार र पुन:स्थापनासम्बन्धी मापदण्ड २०८०’ बमोजिम सीमास्तम्भको पुनर्निर्माण, मर्मत सम्भार र पुन:स्थापनाको काम शुरू गरिइएको उनको भनाइ छ । शाहले भने, ‘यस कार्यले सीमाको संरक्षण हुनुका साथै सीमा क्षेत्रमा हुने विवाद, सुरक्षा चुनौती र नेपाल—भारत द्विपक्षीय हितका विषयमा पनि सूक्ष्म रूपमा अध्ययन गर्न सघाउ पुग्नेछ । यस कार्यमा स्थानीय जनप्रतिनिधिको महत्त्वपूर्ण सहयोग रहने छ भन्ने विश्वास लिएका छौं ।’ त्यसैगरी भारतीय सीमा सुरक्षा बल नं ४८ बटालियनका डेपुटी कमान्डर सन्तोषकुमार निमोरियाले दुई देशका सरकारले गरेका निर्णय र समझदारीअनुसार आफूहरू सीमा सुरक्षाको संवेदनशीलताबारे गम्भीर रहेको बताए । नेपालले बिजोर र भारतले जोर सीमास्तम्भको मर्मतसम्भार गर्ने सहमतिअनुसार भारतले पनि आवश्यक कार्य अगाडि बढाउने उनको भनाइ छ । यसबाट सीमास्तम्भको मात्र नभई दुई देशको सुरक्षा, सद्भाव र सीमासम्बन्धी प्राविधिक जटिलता समाधानका लागि पनि सहयोग पुग्ने उनले बताए ।

नेपाल–भारत सीमा क्षेत्र दशगजामा अतिक्रमित संरचना हटाइयो

सर्लाही । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ । दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्ने र बजार बसाल्ने गर्दै आइरहेका थिए । नेपालतर्फका सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त प्रयासबाट भारतको बिहारसँग […]

सीमा मिच्न दशगजामा राखिएको एसएसबीको पोष्ट नेपालीले हटाए

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं १० स्थित दशगजामा बनाइएको भारतीय सुरक्षा बल एसएसबीको पोष्ट स्थानीयले हटाइदिएका छन् । एसएसबीले बेलौरि नगरपालिका–१० भुडामा सीमा स्तम्भ नम्बर ३४ र ३५ का बिचमा रहेको दशगजा क्षेत्रमा अस्थायी पोस्ट खडा गरेको थियो । त्यसबारे जानकारी पाउनासाथ स्थानीयको पहलमा सो पोष्ट हटाउन लगाइएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लवराज भट्टले जानकारी दिनुभयो । भारतीय पक्षले नेपाली भूमी मिच्ने उद्देश्यका साथ सो सीमा पोष्ट खडा गरेको स्थानीयको भनाई छ । सीमा पोष्ट हटाउन सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । पोस्ट हटाउन गएको नेपाली टोलीसँग भारतीय एसएसबीले भारतबाट नेपालमा हुने तस्करी रोक्न पोस्ट राखेको दाबी गरेका थिए । सशस्त्र प्रहरीको दबाब र स्थानीयको विरोधपछि भारतीय सुरक्षा फौज त्यहाँबाट हट्न बाध्य भएको छ । अन्य स्थानमा पनि दशगजा वा नेपाली भूमी भित्र यस्ता गतिबिधीहरु भारतीय पक्षबाट हुन सक्ने भन्दै तत्काल प्रतिवाद गर्न र सूचना सम्प्रेषण गर्न अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले आग्रह गरेको छ ।

दशगजा क्षेत्रमा पिलर गाड्न खोज्ने एसएसबीले स्वीकार्यो गल्ती

इलाम : पूर्वी सिमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गल्ती स्वीकारेको छ। दुवै पक्षका सुरक्षा निकायका प्रमुखबीचको छलफलमा बिनासूचना दशगजा क्षेत्रमा पिलर गाड्नु गल्ती भएको स्वीकारेको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक नवीन खतिवडाले बताए।एसएसबीले आगामी दिनमा एक पक्षीय रुपमा बिनासूचना गतिविधि नदोहोर्‍याउने प्रतिवद्धता जाहेर गरेको उनले बताए । ‘हिले क्षेत्रमा भरखरै दुवै पक्षका सुरक्षा निकायका प

सीमा रक्षाका लागि सशस्त्र प्रहरीको उच्च सतर्कता

नवलपरासी – भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।  सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका ल...

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

११ साउन, नवलपरासी । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र …

विराटनगर–जोगवनी दशगजा सीमा क्षेत्रको बस्ती दुवै देशका प्रहरीले हटाए

मोरङ – नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्रको अतिक्रमण हटाउन सुरु भएको छ । सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त सुरक्षा टोलीले जोगवनी र रानीबीचको दशगजा क्षेत्रको पसल तथा टहराहरु हटाइएको हो । प्रहरीको टोलीले जोगवनीको दशगजामा राखिएका ३९ वटा टहरा, पसल, हटाएको सशस्त्र ...

दशगजा क्षेत्रमा पट्रोलिङ गस्ती

रौतहट : भारतीय सीमा क्षेत्रमा दुई देशका सुरक्षा निकायको संयुक्त टोलीेले सीमा क्षेत्रमा रहेका पिल्लरहरू तथा दशगजा क्षेत्रको पट्रोलिङ गस्ती सुरु गरेको छ। संयुक्त टोलीले बौधिमाई नगरपालिकाअन्तर्गतका नेपाल-भारत सीमा क्षेत्रमा रहेका पिल्लरहरूको निरीक्षणका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सरमुजवाका सशस्त्र ...