इलाम : पूर्वी सिमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गल्ती स्वीकारेको छ। दुवै पक्षका सुरक्षा निकायका प्रमुखबीचको छलफलमा बिनासूचना दशगजा क्षेत्रमा पिलर गाड्नु गल्ती भएको स्वीकारेको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक नवीन खतिवडाले बताए।एसएसबीले आगामी दिनमा एक पक्षीय रुपमा बिनासूचना गतिविधि नदोहोर्याउने प्रतिवद्धता जाहेर गरेको उनले बताए । ‘हिले क्षेत्रमा भरखरै दुवै पक्षका सुरक्षा निकायका प